Thursday, April 23सत्यम खबर
Shadow

लोकप्रियको २० औं रक्तदान

नेपालगन्ज, २० पौष – नेपालगन्ज स्थित लोकप्रिय सन्देश दैनिकको आयोजनामा बिहिवार २० औं पटक रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
बिहिवार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष दिपककुमार वर्मा र नेपालगन्ज उद्योग बाणिज्य संघका एशोसियट सदस्य कमल कार्कीले रक्तदान कार्यक्रमको उद्घाटन गर्नुभयो । कार्की नियमित रक्तदाता समेत रहनुभएको छ ।


सो अवसरमा वर्मा र कार्कीले रक्तदान जस्तो महान कार्यमा लामो समयदेखि निरन्तरता दिन सक्नु आफैमा महत्वपूर्ण भएको बताउनुभयो । लोकप्रियले १० बर्षदेखि त्रैमासिक रक्तदान गर्दै आएको छ ।
हालसम्म करिब पाँच सय बढिले रक्तदान कार्यक्रममा सहभागिता जनाएको कार्यक्रम संयोजक दिनेश ठाकुरको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *