पोखरेल समाज बाँकेको अध्यक्षमा विष्णु चयन
नेपालगन्ज, ७ माघ – पोखरेल समाज बाँकेको अध्यक्षमा विष्ण्ुाप्रसाद पोखरेल चयन हुनुभएको छ । यसैगरी उपाध्यक्षमा हरिमाया पोखरेल, सचिव सरद पोखरेल, कोषाध्यक्ष सुष्मा पोखरेल रहेका छन् । यसैगरी सदस्यहरुमा रूद्रमणी पोखरेल, विष्णु पोखरेल, सुरेश पोखरेल लगायतका रहेका छन् ।
पोखरेल समाज बाँकेका निबर्तमान अध्यक्ष अछरी पाखरेलको अध्यक्षतामा पोखरेल समाजको पिकनिक तथा भेलाको आयोजना गरी समाजको पुर्नगठन गरिएको हो । कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रमणकुमार पोखरेल र लुम्बिनी प्रदेश सभा सदस्य माननीय रत्न खत्रीलाई टिका खादा र प्रमाण पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा निबर्तमान अध्यक्ष अछरी पोखरेलले निर्वाचित अध्यक्ष विष्णु पोखरेललाई माइन्युट हस्तान्तरण गर्नु भएको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रमणकुमार पोखरेलले यस्तो समाजले एक अर्कालाई दुःख, सुख्खमा सहयोग गर्नुपर्ने बताउनु भयो ।...









