Tuesday, April 21सत्यम खबर
Shadow

पोखरेल समाज बाँकेको अध्यक्षमा विष्णु चयन

नेपालगन्ज, ७ माघ – पोखरेल समाज बाँकेको अध्यक्षमा विष्ण्ुाप्रसाद पोखरेल चयन हुनुभएको छ । यसैगरी उपाध्यक्षमा हरिमाया पोखरेल, सचिव सरद पोखरेल, कोषाध्यक्ष सुष्मा पोखरेल रहेका छन् । यसैगरी सदस्यहरुमा रूद्रमणी पोखरेल, विष्णु पोखरेल, सुरेश पोखरेल लगायतका रहेका छन् ।


पोखरेल समाज बाँकेका निबर्तमान अध्यक्ष अछरी पाखरेलको अध्यक्षतामा पोखरेल समाजको पिकनिक तथा भेलाको आयोजना गरी समाजको पुर्नगठन गरिएको हो । कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रमणकुमार पोखरेल र लुम्बिनी प्रदेश सभा सदस्य माननीय रत्न खत्रीलाई टिका खादा र प्रमाण पत्रले सम्मान गरिएको थियो ।


कार्यक्रममा निबर्तमान अध्यक्ष अछरी पोखरेलले निर्वाचित अध्यक्ष विष्णु पोखरेललाई माइन्युट हस्तान्तरण गर्नु भएको थियो । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रमणकुमार पोखरेलले यस्तो समाजले एक अर्कालाई दुःख, सुख्खमा सहयोग गर्नुपर्ने बताउनु भयो । प्रमुख अथितिको आशनबाट बोल्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले यसरी संगठीत हुनुले समाजलाई राम्रो बाटोमा हिडाउन सहयोग पुग्ने बताउनु भयो ।


बाँके जिल्लाका विभिन्न क्षेत्रमा छरियर बसेका पोखरेललाई समेटेर २०७५ सालमा नेपालगन्जमा पोखरेल समाज गठन गरिएको थियो । पोखरेल समाजका निबर्तमान अध्यक्ष अछरी पोखरेलले बाँके नेपालगन्ज, खजुरा तथा कोहलपुरमा बसोबास तथा कार्यक्षेत्र भएका पोखरेल दाजु–भाई दिदी–बहिनीहरुलाई समेटेर समिति गठन गरिएको जानकारी गराउ“दै पुरानो समितिले क्यालेण्डर प्रकाशन, ८० बर्ष माथिका पोखरेल आमा–बुबालाई सम्मान, एसईसीमा धेरै नम्वर ल्याउने पोखरेल सन्तानलाई सम्मान, तिजी कार्यक्रम, होली मिलन कार्यक्रम, असार १५ को कार्यक्रम, केन्द्रमा आयोजित सम्ताहमा उपस्थिति जनाउने जस्ता विभिन्न कार्य गरेको जानकारी गराउ“दै नया“ पुराना समिति सबैलाई धन्यवाद दिइन ।


नयाँ जिम्मेवारी पाए लगत्तै अध्यक्ष विष्णुप्रसाद पोखरेलको अध्यक्षतमा पहिलो बैठक बसी सबैलाई धन्यवाद दिने र बार्षिक योजना बनाउने निर्णय गरेको छ । यसैगरी पहिलो बैठकले विभिन्न व्यक्तिलाई सल्लाहकारमा चयन गरेको छ । जसमा श्रवणकुमार पोखरेल, ईश्वर पोखरेल, डा. कुमार पोखरेल, डा. लक्ष्मण पोखरेल, अछरी पोखरेललाई सल्लाहकारमा चयन गरिएको छ । यसैगरी वंशावली सुचना संकलनको निम्ति भरत पोखरेल, शरद पोखरेल, दिपकराज पोखरेल, लालमणी पोखरेल, विष्णु पोखरेल लगायतलाई जिम्मा दिने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *