डुडुवामा संस्कारको पाठयक्रम बनाइदै, गुणस्तर मापन गर्न शिक्षण सहजीकरण
डुडुवा, २३ माघ – बाँकेको डुडुवा गाउँपालिकाले शिक्षा क्षेत्रमा सुधारका लागि विभिन्न रणनीतिलाई कार्यान्वयनमा ल्याएको छ । पालिकाले यस वर्ष शिक्षाको गुणस्तरियतासंगै विकासका लागि राणनीति अनुसारको कार्ययोजना अघि सारेको जनाएको छ ।पालिका अन्तर्गतका विद्यालयहरुको गुणस्तरियता, शिक्षकको निगरानी, विद्यार्थीको सहभागिता, अभिभावकको भुमिकालाई प्रभावकारी बनाउने उद्देश्यले कार्य गरिरहेको पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार अहिले पहिलो चरणमा पालिका अन्तर्गत रहेका ७ वटा विद्यालयमा सिसि क्यामरामार्फत निगरानी गरिएको छ ।यसले विद्यालय समयमा खुल्ने र बन्द हुने, शिक्षक र विद्यार्थी आउने समय, कक्षा कोठामा अध्यायपन, सुरक्षालगायत विषयको निगरानी सुरु गरिएको अध्यक्ष चौधरीले बताउनुभयो ।
पालिकाले विद्यालयमा नैतिक तथा संस्कारको कक्षा समेत सुरु गर्ने योजना बनाएको छ । आगामी शैक्षिक सत्रबाट स...









