
नेपालगन्ज, १८ माघ – शहिद दिवसको अवसरमा पाँचौ पटक वृहत रक्तदान कार्यक्रम बिश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड केन्द्रिय कार्यालय ठाकुरबाबा गाउँपालिका वार्ड नंं.८ मढेला “रक्तदान जीवनदान” भन्ने उद्देश्यका साथ आयोजित पाँचौ पटक वृहत रक्तदान कार्यक्रममा १० जना महिला जनाले ५८ जनाले माघ १६ गते मंगलवार रक्तदान गरेका छन् ।
शहिद दिवसको अवसरमा बारबर्दिया नगरपालिकाको संरक्षकत्वमा, पाँचौ पटक वृहत रक्तदान कार्यक्रम बिश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड केन्द्रिय कार्यालय ठाकुरबाबा गाउँपालिका वार्ड नंं.८ मढेला र नेपाल स्वयंसेवी रक्तदाता समाज बारबर्दिया नगरसमितिको संयुक्त आयोजना तथा नेपाल रेडक्रस सोसाइटी उपशाखा बारबर्दिया, बारबर्दिया उद्योग बाणिज्य संघ, किसान पे्रमी युवा समाज बारबर्दिया, बारबर्दिया नागरिक समाज र लायन्स क्लब अफ मगरागाडी बर्दिया लगायत अन्य स्थानीय संघसंस्थाहरुको समन्वय तथा सहकार्यमा माघ १६ गते मंगलवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

“१८ वर्ष ४५ किलो रक्तदान गर्न नगरौं ढिलो” मूल नाराका साथ आयोजित, नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका अध्यक्ष तथा केन्द्रिय सदस्य पे्रमप्रसाद लम्सालद्वारा सञ्चालित रक्तदान कार्यक्रममा बारबर्दिया नगरपालिकाका नगर प्रमुख छबिलाल थारु, बिश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड केन्द्रिय अध्यक्ष चित्र बहादुर खनाल, बारबर्दिया उद्योग बाणिज्य संघका अध्यक्ष नमराज पौडेल, नेपाल रेडक्रस सोसाइटी मधुवन उपशाखाका सभापति अम्बरबहादुर केसी, नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका सचिव श्यामलाल थारु, सदस्य शंकर थारु, नेपाल स्वयंसेवी रक्तदाता समाज बारबर्दिया नगरसमितिका अध्यक्ष गंगाराम पाठक, बिश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड केन्द्रिय कार्यालयका कार्यकारी प्रमुख कृष्ण प्रसाद शर्मा, सचिव कुमारी बिजया खनाल, कोषाध्यक्ष सरिता चौधरी, नेपाल रेडक्रस सोसाइटी उपशाखा बारबर्दियाका सभापति श्रीराम चौधरी, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार पवन जायसवाल लगायतले संयुक्त रुपमा प्रादेशिक रक्त संचार सेवा केन्द्र नेपालगन्जका प्राविधिक होमराज गिरी, महेश राना क्षेत्री र राम कुमार वर्मालाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरेका थिए ।

रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज बारबर्दिया जयनगरका अध्यक्ष गंगाराम पाठक ९ पटक, शंकर थारु १६ पटक, बिश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड केन्द्रिय कार्यालयकी सचिव कुमारी बिजया खनाल, बारबर्दिया उद्योग बाणिज्य संघका अध्यक्ष नमराज पौडेल, निर्मला चौधरी, रामकुमार चौधरी, सुमतरानी चौधरी, जसबहादुर केसी, नरेश दहित, प्रकाश चौधरी, जनकलाल चौधरी, गणेशराम थारु, नविन जैसी, बालकृष्ण चौधरी, बसन्त सेवेदी, अनिल चौधरी, जीवनकुमार थापा, चल्टुराम थारु २१ पटक, शिवबहादुर थारु, इन्द्रकुमार भगोरिया, बिश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडका ईलाका प्रमुख तुलाराम अधिकारी, दिपेशकुमार चौधरी, लोकबहादुर रावत, अरुण थारु, गोबिन्द गौतम, बलिकराम थारु, प्रदीपकुमार चौधरी, डा. लालु यादव, हरिकिसुन चौधरी, रामप्रसाद थारु, सुशीला सुनार, तपेन्द्र थापामगर, अर्जुन घिमिरे, जुनु घिमिरे, धीरेन शाह, दिनेश भण्डारी, मनिष टमटा, तिलक थापा, पूर्ण बहादुर थापा, बिकास थापा, राजेश चौधरी, माधव बिष्ट, लिला बुढा, किरुलाल थारु, सुदामा नेपाली, उमेश चौधरी, टीकाराम चौधरी, नमराज उपाध्याय, रामकुमार थारु, हेमराज सुवेदी, लक्ष्मी जैसी, मञ्जु थारु, शोभा केसी, दिपा राना, देवेन्द्रबहादुर केसी, भगत बिश्वकर्मा, लक्ष्मीप्रसाद न्यौपाने र गणेश थापा लगायत ५८ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया जिल्ला, बारबर्दिया नगर समितिका पदाधिकारी, बिश्वासिलो बचत तथा ऋण सहकारी संस्था लि.का पदाधिकारीहरुको लगायतको सहभागिता रहेको थियो ।
रक्तदान कार्यक्रममा प्रादेशिक रक्त सेवा केन्द्र नेपालगन्जका सोम प्रकाश सापकोटा, होमराज गिरी, महेश रानाक्षेत्री, प्रशान्त तिवारी, नेरेसो मधुवन स्वास्थ्य उपशाखाका रामकुमार वर्मा, वीरेन्द्र योगी, केशर सिंह डाँगी अन्यमा बिश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड ईलाका प्रमुख तुलाराम अधिकारी, बनगई शाखाकी प्रबन्धक झरना थापा, पार्वती ओली, रामप्रसाद थारुले सहयोग गरेका थिए ।
