Monday, July 13सत्यम खबर
Shadow

आस्था

ज्ञानोदय नमूना विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान

ज्ञानोदय नमूना विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १ ज्येष्ठ – बाँके जिल्लाको खजुरामा रहेका कल्पना फाउण्डेशन, नेपालकद्वारा आयोजित छात्रवृत्ति तथा वाचन कार्यक्रममा ज्ञानोदय नमूना माध्यमिक बिद्यालयका ४ जना बिद्यार्थीहरुलाई सोमवार छात्रवृत्ति प्रदान गरिएको छ ।ज्ञानोदय नमूना माध्यमिक बिद्यालय खजुरा गाउँपालिका वार्ड नं.३ स्थित ज्ञानोदय नमूना माध्यमिक बिद्यालयको सभा हलमा, कल्पना फाउण्डेशन नेपालकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुको अध्यक्षतामा खजुरा गाउँपालिका वार्ड नं.३ का वडाध्यक्ष पूर्णबहादुर भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । प्रमुख अतिथि पूर्ण बहादुर भण्डारीले ब्यानर वाचन गरी कार्यक्रमको उदघाट्न गर्दै आफ्ना छोरा छोरी सरह माया गरेर जुन छात्रबृत्ति प्रदान गर्नु भयो, प्रदान गर्ने सेवा अझै अमर रहोस् । कतिपयले आफ्नो जन्म दिनको अवसरमा ठूलो ठूलो होटे, कटेज, रेष्टुेरेन्टमा धेरै रकम खर्च गरेर मनाउने गर्दछन् । अनावश्यक खर्च गर्न...
कपिलवस्तुमा राष्ट्रिय एकता अभियानको सम्मेलन सम्पन्न

कपिलवस्तुमा राष्ट्रिय एकता अभियानको सम्मेलन सम्पन्न

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
कपिलवस्तु, ३१ बैशाख - कपिलवस्तु जिल्लाको तौलिहवामा राष्ट्रिय एकता अभियानको महत्वपूर्ण जिल्ला सम्मेलन सम्पन्न भएको छ । अभियानकाे सो सम्मेलनले संघीय हिन्दू गणतन्त्रको स्थापना, चिनियाँ विस्तारवाद र इस्लामिक अतिवाद विरुद्ध चेतना जगाउने उद्देश्यले आयोजना गरेको बताएको छ। सम्मेलन गृजेश चौधरीको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथिको रुपमा राष्ट्रिय अध्यक्ष विनय यादवको उपस्थिति रहेको थियो । विशिष्ट अतिथिमा प्रदेश सांसद मधुसूदन शरण चौधरी (कुर्मी )का साथै अन्य अतिथिहरूमा युवा नेता कैलाश अग्रहरी, हिन्दू स्वेमसेवक संघका जिल्ला सह संघ चालक दिनेश चौधरी, विश्व हिन्दू परिषदका जिल्ला अध्यक्ष अशोक पाण्डेय, अन्तर्राष्ट्रिय हिन्दू परिषदका जिला अध्यक्ष बीरेंद्र चौधरी लगायतको उपस्थिति थियो । नेपालमा हिन्दू गणतन्त्र स्थापना गर्न अभियानले सशक्त आन्दोलन गरिरहेको छ । सम्मेलनमा हिन्दू धर्मको महत्व र नेपालको र...
रिलिजअघि थलापतिको गोटले कमायो २४३ करोड

रिलिजअघि थलापतिको गोटले कमायो २४३ करोड

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ३० बैशाख – विजय थलापतिको आगामी फिल्म ‘गोट’ (द ग्रेटेस्ट अफ अल टाइम) तमिलमा सर्वाधिक बहुप्रतिक्षित फिल्म मध्ये एक हो । अभिनेताका फ्यानहरुले लामो समयदेखि यो फिल्म हलमा रिलिज हुने दिन पर्खिरहेका छन् । फिल्मको छायांकन अन्तिम चरणमा पुगेको छ । यसको ट्रेलर छिट्टै रिलिज हुने बताइएको छ । चलचित्र रिलिज नहुँदै फिल्मले व्यापार गर्न थालिसकेको छ । फिल्म निर्माताहरूले फिल्म पार्टनर फाइनल गरिरहेका छन् । हालै ‘गोट’को स्याटेलाइट पार्टनरको नाम फाइनल गरिएको थियो । मेकरहरूले स्याटेलाइट अधिकार चर्को मूल्यमा बेचेको खुलासा भएको छ । ९३ करोडमा बेचियो स्याटेलाइट अधिकार इन्डियाग्लिट्ज तमिलको रिपोर्ट अनुसार निर्माताहरूले राष्ट्रिय टेलिभिजन पार्टनरसँग सबै भाषाका लागि स्याटेलाइट अधिकार बेचेका छन् । विजयको आगामी फिल्मको सेटलाइट अधिकार ९३ करोड भारुमा बिक्री भएको छ । विजयको अघिल्लो फिल्म ‘लियो’ले भन...
महिलाको आर्थिक स्तर माथि उठाउन हाम्रा कार्यक्रम गरिब लक्षित हुनुपर्छः मन्त्री चौधरी

महिलाको आर्थिक स्तर माथि उठाउन हाम्रा कार्यक्रम गरिब लक्षित हुनुपर्छः मन्त्री चौधरी

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३० वैशाख – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले महिलालाई आर्थिक स्तर माथि उकास्न गरिब लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।“साउथ एसियन वुमन कन्फेरेन्स २०२४ इकोनोमिक एम्पावरमेन्ट थु डिजिटाइजेशन” कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । नेपालको सन्दर्भमा राजनीतिक क्षेत्रमा महिलाको सहभागिता बढे पनि अन्य क्षेत्रमा भने अझै पनि न्यून रहेको उहाँको भनाई थियो । संविधानले महिला र पुरुषलाई पैतृक सम्पत्तिमा बराबरी हक दिए पनि अझै पनि महिलाहरूले सम्पत्तिमा दाबी गर्ने क्रम अझै कम रहेको मन्त्री चौधरीले भन्नुभयो । ‘महिलाहरूको सम्पत्तिमाथिको अधिकार बिस्तारै बढ्ने क्रममा छ । ९ प्रतिशतबाट अहिले बिस्तारै बढ्दै गएको छ । राष्ट्रिय जनगणनाले २४ प्रतिशत महिलाहरूको सम्पत्तिमा अधिकार रहेको देखाएको छ । अहिले फेरि २६.४ प्रतिशत भन्ने कुरा आएको...
दुई दिने आर्य प्रशिक्षण सम्पन्न (फोटोफिचरसहित)

दुई दिने आर्य प्रशिक्षण सम्पन्न (फोटोफिचरसहित)

अवधी, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३० बैशाख – आर्य समाज नेपालगन्ज बाँकेले दुई दिने आर्य प्रशिक्षण सत्र शनिबार नेपालगन्जमा सम्पन्न गरेको छ ।उक्त कार्यक्रममा धार्मिक, साँस्कृतिक, परम्परा, रीवाज कसरी जोगाउन सकिन्छ भन्ने बारे प्रशिक्षण सहभागीहरुलाई दिईएको थियो । कार्यक्रममा ‘मेरो जीवन के हो, जीवनमा सबभन्दा बढी महत्वपूर्ण के छ ? ईश्वरको अस्तित्व छ वा छैन ?, धर्म के हो, मत, पंथ, सम्प्रदाय के हो ?, भाग्य के हो तथा यसलाई कसले लेखेको छ ?, भूत–पिचास, डाकिनी–शाकिनी, जिन्न आदि हुन्छन् वा हुँदैनन् ?, हाम्रो देशप्रति हाम्रो कर्तव्य के हो ? युवा–युवतीहरुलाई पाखण्डबाट जोगाउन के उपाय छ ? शुखी जीवन, उन्नत समाज तथा वैभवशाली राष्ट्र बनाउन के उपाय छ ?’ लगायत बारे प्रशिक्षण दिईएको थियो । कार्यक्रममा सुभाष आर्य, मञ्जू आर्य, राजेन्द्र केवट, संगीता केवट, सोनू गुप्ता, बिशाल,गुप्ता, राजितराम यादव, देवनन्द यादव, मुन्नी केवट, ब...
भारतको लोकसभा चुनाव : सोमबार कुन राज्यमा कति सिटका लागि हुन्छ मतदान ?

भारतको लोकसभा चुनाव : सोमबार कुन राज्यमा कति सिटका लागि हुन्छ मतदान ?

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३० बैशाख – सात चरणमा हुन लागेको भारत लोकसभाको चौथो चरणको मतदान सोमबार हुँदैछ। तीन चरणको चुनाव यसअघि नै भइसकेको छ। पहिलो चरणमा २१ राज्यका १०२ संसदीय सिट, दोस्रो चरणमा १३ राज्यका ८९ र तेस्रो चरणमा १२ राज्यको ९४ लोकसभा सिटका लागि मतदान भइसकेको छ। पहिलो चरणमा ६६ दशमलव १४, दोस्रो चरणमा ६६ दशमलव ७१ र तेस्रो चरणमा ६५ प्रतिशत मतदान भएको भारतीय चुनाव आयोगको तथ्यांकमा उल्लेख छ। अप्रिल १९, २६ र मे ७ मा गरेर तीन चरणको चुनाव सकिएको भारतमा अब चार चरणको चुनाव हुन बाँकी छ। चौथो चरणमा १० राज्यका ९६ सिटका लागि सोमबार चुनाव हुन लागेको हो। चौथो चरणमा भारतको आंध्र प्रदेश, बिहार, झारखण्ड, मध्य प्रदेश, महाराष्ट्र, ओडिशा, तेलंगाना, उत्तर प्रदेश, पश्चिम बंगाल, जम्मू कश्मिर गरेर गरेर १० राज्यका ९६ सिटका लागि मतदान हुन लागेको हो। पाँचौ चरणमा मे २० तारिखमा ८ राज्यको ४९ सिटका लागि मतदान ह...
जसपा नेपालको सरकारबाट बाहिरिने तयारी

जसपा नेपालको सरकारबाट बाहिरिने तयारी

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३० बैशाख – उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले सरकारबाट बाहिरने तयारी गरेको छ । माओवादी केन्द्रले मधेश सरकार छोडेपछि जसपा नेपालले केन्द्रमा सरकार छोड्ने तयारी गरेको हो । जसपा नेपालका अध्यक्ष समेत रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सरकारबाट बाहिरिने विषयमा छलफल गर्न अहिले बैठक बसिरहेका छन् । यादवले आजै प्रधानमन्त्री र एमाले अध्यक्षसँग छलफल समेत गरेका थिए । छलफल सकारात्मक नभएसँगै माओवादी केन्द्रले आजै मधेशको सरकार छोडेको छ भने एमालेले पनि मधेशको सरकार छोड्ने तयारी गरेको छ । माओवादी केन्द्रले सरकार छोडेसँगै मधेश प्रदेशको जसपा नेपाल नेतृत्वको सरकार अल्पमतमा परेको छ । जसपा नेपालका प्रतिनिधिसभामा ५ सांसद रहेका छन् । नेपाल पाना...
केपी ओलीलाई कारबाही गर्न बालेनको माग, सरकारले आँट गर्ला ?

केपी ओलीलाई कारबाही गर्न बालेनको माग, सरकारले आँट गर्ला ?

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३० बैशाख – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्न सरकारसँग माग गरेका छन्। झापास्थित गिरीबन्धु चिया बगान (गिरीबन्धु टि–इस्टेट) अन्तर्गत रहेको झन्डै ३४४ बिघा जग्गा साटफेर गर्न दिने निर्णय तत्कालीन ओली सरकारले गरेको थियो। तर, पछि सर्वोच्च अदालतको संवैधानिक इजलासले ‘सर्वथा अनुचित, अपरिपक्व र उधारो शर्तयुक्त’ भन्दै हदबन्दी छुटमा दिएको जग्गाको प्रयोजन समाप्त भएमा उक्त जग्गा सरकारले फिर्ता लिनुपर्ने फैसला गरेको थियो। आइतबा सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै शाहले अब तत्कालीन सरकारलाई वर्तमान सरकारले कारबाहीको भागिदार बनाउनु पर्ने बताएका हुन्। ‘जस जसले बैना गर्नु भएको छ यो जग्गाको लागि अब कानुनी प्रकृयाबाट बैना फिर्तामा जानू होला। तपाईंहरुको जग्गा प्राप्तीको बाटो सकिएको छ,’ बालेनले लेखेका छन्। उनले ...
महिला पुरुष गरी १ सय ४ जनाले गरे रक्तदान

महिला पुरुष गरी १ सय ४ जनाले गरे रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३० बैशाख – अष्टम साना किसान कृषि सहकारी लिमिटेड मुख्य कार्यालय बाँकेद्वारा शनिवार आयोजित रक्तदान कार्यक्रममा महिला पुरुष गरी १ सय ४ जनाले रक्तदान गरेका छन् ।अष्टम एकीकरण दिवसको अवसरमा राप्ती सोनारी गाउँपालिका वार्ड नं.८ शमशेरगञ्जको महादेवपुरीमा आयोजित रक्तदान कार्यक्रममा अष्टम साना किसान कृषि सहकारी लिमिटेड मुख्य कार्यालयका प्रबन्धक हरिश के.सी.ले नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित कोहलपुर रक्त सञ्चार इकाई केन्द्रका प्रमुख राजेन्द्र महतरालाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गर्नुभएको थियो । अष्टम एकीकरण दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा अष्टम साना किसान कृषि सहकारी लिमिटेड मुख्य कार्यालयका प्रबन्धक हरिशा के.सी., जनक प्रसाद आचार्य, गिरदर खत्री, मोहन जंग वली, कौशिल्या थापा, नोखीराम वली, दलबीर जैसी, खेमराज सिंह ठकुरी, निर्मला कठाई, गीता खत्री, भोजबहादुर था...
नेपालगन्जमा गुलजार–ए–अदबको मासिक गजल

नेपालगन्जमा गुलजार–ए–अदबको मासिक गजल

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३० बैशाख – नेपालगन्जका उर्दू साहित्यकारहरुको साहित्यिक संस्था गुलजार–ए–अदबद्वारा आयोजित मासिक गोष्ठी कार्यक्रम शनिवार सम्पन्न भएको ।नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.८ स्थित महेन्द्र पुस्तकालय नेपालगन्जको सभा हलमा आयोजित गजल गोष्ठी सैयद नेपालीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा गजलकारहरुमा गुलजार–ए–अदब के अध्यक्ष अब्दुल लतीफ शौक नेपाली, सचिव मुस्तफा अहसन कुरैशी, गजलकार अन्सर नेपाली, वरिष्ठ गजलकार इस्माइल अन्सारी र अन्तर्राष्ट्रिय ख्याति प्राप्त गजलकार सर्वर नेपालीले गजल वाचन गरेका थिए । गुलजार–ए–अदबको मासिक गजल गोष्ठी हरेक महिनाको अन्तिम शनिवार गर्ने गरिन्छ ।...