Thursday, February 13सत्यम खबर
Shadow

महिला पुरुष गरी १ सय ४ जनाले गरे रक्तदान

नेपालगन्ज, ३० बैशाख – अष्टम साना किसान कृषि सहकारी लिमिटेड मुख्य कार्यालय बाँकेद्वारा शनिवार आयोजित रक्तदान कार्यक्रममा महिला पुरुष गरी १ सय ४ जनाले रक्तदान गरेका छन् ।
अष्टम एकीकरण दिवसको अवसरमा राप्ती सोनारी गाउँपालिका वार्ड नं.८ शमशेरगञ्जको महादेवपुरीमा आयोजित रक्तदान कार्यक्रममा अष्टम साना किसान कृषि सहकारी लिमिटेड मुख्य कार्यालयका प्रबन्धक हरिश के.सी.ले नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित कोहलपुर रक्त सञ्चार इकाई केन्द्रका प्रमुख राजेन्द्र महतरालाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गर्नुभएको थियो ।


अष्टम एकीकरण दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा अष्टम साना किसान कृषि सहकारी लिमिटेड मुख्य कार्यालयका प्रबन्धक हरिशा के.सी., जनक प्रसाद आचार्य, गिरदर खत्री, मोहन जंग वली, कौशिल्या थापा, नोखीराम वली, दलबीर जैसी, खेमराज सिंह ठकुरी, निर्मला कठाई, गीता खत्री, भोजबहादुर थापा, शारदा शाही, पूर्णिमा बैजाली, खेमराज बटाला, मनोज गिरी, उमाशंकर बटाला, गीता बिक, गीता शाही, शिवचरन थारु, गणेशबहादुर शाही, नेत्रकुमारी ढकाल, मीनाकुमारी कुवँर, रुपा वली, पवित्रा केसी, जगत शाही, शिवम् सिंह राठौर, मनोज सिंह राठौर, सुदीप सेडाई, मोहिनूर खाँ, शमशेर सिंह थारु, मदन सिंह थारु, सुनिता शर्मा सिंह ठकुरी, रामबहादुर थारु, खिमाकुमारी ढकाल, भूमिसरा बोगटी, पार्वतीकुमारी बिष्ट, प्रताप सिंह थारु, लक्ष्मी साउद, शिशिर बस्नेत, खिमबहादुर बस्नेत, कृष्ण बोहरा, इन्द्रबहादुर वली, राजकुमारी थारु, इन्द्रकुमारी खत्री, खिमी रावत, जंगबहादुर बटाला, मानबहादुर मतवाला, बृजलाल चौधरी, देवेन्द्र रिजाल, महेन्द्र चौधरी, सीता बिष्ट, शान्तिसरा अधिकारी, जागृता शाह, दिपेन्द्रकुमार बुढामगर, पूर्णिमा सुनार, जितेन्द्र सिंह थारु, नरेश चौधरी, जयन्त थारु, पूजा सुनार, केशर पहाडी, हरिाराम चौधरी, मिरा थारु, सुशीला चौधरी, कमला कुमारी योगी, सन्तराम चौधरी, राधिका राई, देवीसरा शाही, गीताकुमारी पुनमगर, निर्मला महतरा, अरुणा खडका, निराजन निरौला, राजकुमार पाल, रामकिशोर गडरिया, रामसूरत गडरिया, भगतराज सुवेदी, चेवन पौडेल ६२ वर्षीय, राजु थारु, भागीरथी लुङगेली, प्रिन्श विशवकर्मा, भग्गुराम धोबी, रामचरन हरिजन, दुखरन पाल, राजेन्द्र बर्नवाल, अन्नु मिश्र, दिलमाया चौधरी, परबिना बिक, जगतराम गडरिया, तेजराम गडरिया, कुबेर वली, फौजबहादुर वली, राजकुमार थारु, समीर बुढामगर, लोकराज बुढामगर, ओम कुमारी वली, कमला खत्री, रेशमा वली, खड्गबहादुर खत्री ६३ वर्षीय, रामबहादुर केसी, हेमन्त खत्री, प्रेमबहादुर बुढामगर १०० किलोको वजन, केशर बहादुर डाँगी, मेनका केसी, लक्ष्मी चौधरी, कृष्णप्रसाद खत्री, लगायत ४६ जना महिला सहित १ सय ४ जनाले रक्तदान गरेका छन् ।


सो रक्तदान कार्यक्रममा अष्टम साना किसान कृषि सहकारी लिमिटेड मुख्य कार्यालयका अध्यक्ष देवबहादुर ओली, महादेवपुरी सेवा केन्द्रका अध्यक्ष बीरबहादुर थापा, सीतापुर सेवा केन्द्र प्रबन्धक लक्ष्मी राना क्षेत्री, बिनौना सेवा केन्द्रका गीता पुन, खजुरा सेवा केन्द्रका अरुण खडका, बनकटवा सेवा केन्द्रका निर्मला महतरा, रनियापुर सेवा केन्द्रका हरेन्द्रबहादुर राई, टिटिहिरिया सेवा केन्द्रका दिलमाया चौधरी, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार पवन जायसवाल, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।


सो रक्तदान कार्यक्रममा शमशेरगञ्ज, बनकटवा, टिटिहिरिया, बैजापुर, बिनौना, फत्तेपुर, सीतापुर, रनियापुर, गनापुर, ढकेरी, खजुरा सेवा केन्द्रका कर्मचारी, पदाधिकारीहरुको सहभागिता रहेको थियो । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित कोहलपुर रक्त सञ्चार इकाई केन्द्रका प्रमुख राजेन्द्र महतरा, सन्दिप आचार्य, सुनिल रत्गैया, बीरेन्द्र योगी, बैकुण्ठ रेग्मी लगायतले प्राविधिकमा अन्यमा लक्ष्मी राना क्षेत्री, गीता पुन, हरेन्द्रबहादुर राई, दिलमाया चौधरी लगायतले रक्तदान कार्यक्रममा सहयोग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *