Friday, February 7सत्यम खबर
Shadow

केपी ओलीलाई कारबाही गर्न बालेनको माग, सरकारले आँट गर्ला ?

काठमाण्डौ, ३० बैशाख – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्न सरकारसँग माग गरेका छन्।

झापास्थित गिरीबन्धु चिया बगान (गिरीबन्धु टि–इस्टेट) अन्तर्गत रहेको झन्डै ३४४ बिघा जग्गा साटफेर गर्न दिने निर्णय तत्कालीन ओली सरकारले गरेको थियो।

तर, पछि सर्वोच्च अदालतको संवैधानिक इजलासले ‘सर्वथा अनुचित, अपरिपक्व र उधारो शर्तयुक्त’ भन्दै हदबन्दी छुटमा दिएको जग्गाको प्रयोजन समाप्त भएमा उक्त जग्गा सरकारले फिर्ता लिनुपर्ने फैसला गरेको थियो।

आइतबा सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै शाहले अब तत्कालीन सरकारलाई वर्तमान सरकारले कारबाहीको भागिदार बनाउनु पर्ने बताएका हुन्। ‘जस जसले बैना गर्नु भएको छ यो जग्गाको लागि अब कानुनी प्रकृयाबाट बैना फिर्तामा जानू होला। तपाईंहरुको जग्गा प्राप्तीको बाटो सकिएको छ,’ बालेनले लेखेका छन्।

उनले देशको अर्बाैको सम्पत्तिलाई एकल प्रयासले जोगाउन सफल भएकामा महानगरका कानुनी सल्लाहकार ओप्रकाश अर्याललाई धन्यवाद दिएका छन्। तत्कालीन सरकारको निर्णयविरुद्ध अर्याल सर्वाेच्च पुगेका थिए।

बालेनले अगाडि लेखेका छन्, ‘अब त्यहाँ कि चिया बगान हुन्छ कि त्यो जग्गा सरकारको हुन्छ। यो जग्गा अहिले को अवस्थामा १० अर्बभन्दा धेरै मुल्यको रहेको छ।’ नेपाल पाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *