
नेपालगन्ज, १ ज्येष्ठ – बाँके जिल्लाको खजुरामा रहेका कल्पना फाउण्डेशन, नेपालकद्वारा आयोजित छात्रवृत्ति तथा वाचन कार्यक्रममा ज्ञानोदय नमूना माध्यमिक बिद्यालयका ४ जना बिद्यार्थीहरुलाई सोमवार छात्रवृत्ति प्रदान गरिएको छ ।
ज्ञानोदय नमूना माध्यमिक बिद्यालय खजुरा गाउँपालिका वार्ड नं.३ स्थित ज्ञानोदय नमूना माध्यमिक बिद्यालयको सभा हलमा, कल्पना फाउण्डेशन नेपालकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुको अध्यक्षतामा खजुरा गाउँपालिका वार्ड नं.३ का वडाध्यक्ष पूर्णबहादुर भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

प्रमुख अतिथि पूर्ण बहादुर भण्डारीले ब्यानर वाचन गरी कार्यक्रमको उदघाट्न गर्दै आफ्ना छोरा छोरी सरह माया गरेर जुन छात्रबृत्ति प्रदान गर्नु भयो, प्रदान गर्ने सेवा अझै अमर रहोस् । कतिपयले आफ्नो जन्म दिनको अवसरमा ठूलो ठूलो होटे, कटेज, रेष्टुेरेन्टमा धेरै रकम खर्च गरेर मनाउने गर्दछन् । अनावश्यक खर्च गर्नु भन्दा, यस किसिमका कार्य गरेर जन्म दिन मनाउनु पर्छ । हामीले बाँच्नुञ्जेल सम्म राम्रा काम गर्नु पर्छ बताएका थिए ।
कल्पना फाउण्डेशन, नेपालका सचिव लेक प्रसाद प्याकुरेलद्वारा सञ्चालित कार्यक्रममा ज्ञानोदय नमूना माध्यमिक बिद्यालयका प्रधानाध्यापक तथा कल्पना फाउण्डेशन, नेपालका उपाध्यक्ष ऋषिराम सापकोटाले फाउण्डेसनको बारेमा प्रकाश पार्दै कल्पना पौडेल जिज्ञासुको जन्म दिनको शुभकामना व्यक्त गरेका थिए ।

उहाँले २०७० सालमा स्थापना भएको विभिन्न किसिमका कार्यहरु छात्रवृत्ति वितरण, सामाजिक क्षेत्रमा, साहित्यिक क्षेत्रमा महत्वपूर्ण कार्य गर्दै अगाढी बढदै गई रहेको बताउनु भएको थियो ।
कल्पना फाउण्डेशन, नेपालकी अध्यक्ष कल्पना पौडेल जिज्ञासुको जन्म दिनको अवसरमा ज्ञानोदय नमूना माध्यमिक बिद्यालय खजुरामा अध्यनरत ४ जना बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो । कक्षा ४ बि तर्फका सुरेन्द्र सार्की, कक्षा ५ तर्फका अनुशिया आरसी, शशी शाही र बिकास पुनमगरलाई प्रमुख अतिथि पूर्ण बहादुर भण्डारी, बिशिष्ट अतिथि बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमसरा भण्डारी, समितिका पूर्व अध्यक्ष भक्त बहादुर केसी, फाउण्डेसन की अध्यक्ष कल्पना पौडेल, उपाध्यक्ष ऋषिराम सापकोटा ाहित्यकार खगेन्द्र गिरि कोपिला लगायतले ४ जना बिद्यार्थीहरुलाई अबीर अगाएर ब्याग र स्टेशनरी वितरण गरेका थिए ।

शिक्षक अभिभावक संघका अध्यक्ष मान बहादुर भण्डारी, ज्ञानोदय बहुमुखी पब्लिक क्पाम्पस खजुराकी प्रमुख तथा साहित्यकार चरित्रा शाह, सर्वदा साहित्य संगमका अध्यक्ष तथा वरिष्ठ साहित्यकार खगेन्द्र गिरि कोपिला, बोधराज प्याकुरेल, भेरी साहित्य समाज केन्द्रिय समितिका सदस्य भरत रानाभाट लगायतले रचना वाचन गरेका थिए । सो कार्यक्रममा ज्ञानोदय नमूना माध्यमिक बिद्यालयकी शिक्षिका तिला पाण्डे र इन्दिरा गौतमले गीत प्रस्तुत गरेकी थिइन र सो गीतमा कवियत्री तथा फाउण्डेसनकी अध्यक्ष कल्पना पौडले, उपाध्यक्ष ऋषिराम सापकोटाले नृत्य प्रस्तुत गरेका थिए । ज्ञानोदय नमूना माध्यमिक बिद्यालय कक्षा ९ मा अध्ययनरात छात्रा ममता रावतले रचना वाचन गरेका थिए ।
उक्त कार्यक्रममा प्रमुख अतिथि पूर्णबहादुर भण्डारी र उपाध्यक्ष ऋषिराम सापकोटाले कल्पना पौडेललाई खादा र अबीर लगाएर स्वागत गरेका थिए । कार्यक्रममा बिद्यालयका शिक्षक, शिक्षिका, बिद्यार्थी, अभिभावक, साहित्यिकारहरुको सहभागिता रहेको थियो ।
