Friday, March 21सत्यम खबर
Shadow

भारतको लोकसभाको पाँचौं चरणको मतदान जारी

काठमाण्डौ, ८ जेठ – भारतको लोकसभा चुनावको पाँचौं चरणको मतदान आज जारी रहेको छ । आज बिहान ७ बजेबाट सुरु भएको भारतीय निर्वाचन आयोगले जानकारी दिएको हो ।

यस चरणमा ६ राज्य र दुई केन्द्र शासित प्रदेशका ४९ लोकसभा सीटमा मतदान भइरहेको छ ।

पाँचौं चरणमा कांग्रेस अध्यक्ष राहुल गान्धी, रक्षामन्त्री राजनाथ सिंह, केन्द्रीय मन्त्री स्मृति इरानी, ​​जम्मू कश्मीरका पूर्व मुख्यमन्त्री उमर अब्दुल्लासहित कुल ६९५ उम्मेदवार मैदानमा छन् ।

यस चरणमा मतदान हुने राज्य र केन्द्र शासित प्रदेशहरू हुन्- बिहार, झारखण्ड, महाराष्ट्र, ओडिशा, उत्तर प्रदेश, पश्चिम बंगाल, जम्मू कश्मीर, लद्दाख रहेका छन् ।

यसपछि अब छैटौं चरणको २५ मे मा र सातौं चरणको १ जुनमा मतदान हुने छ । मतगणना जुन ४ मा हुने आयोगले जनाएको छ । नेपाल पाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *