पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणिकरण कार्यक्रम सम्पन्न
नेपालगन्ज, १८ जेठ – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ को आर्थिक सहयोग तथा शहरी स्वास्थ्य केन्द्र नेपालगन्ज बाँकेको आयोजनामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणिकरण कार्यक्रम आज सम्पन्न भएको छ ।शहरी स्वास्थ्य केन्द्रका प्रमुख तथा कार्यक्रम सञ्चालक नवराज न्यौपानेले – पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणिकरण कार्यक्रम यस अगावै गत वर्षमा घोषणा भईसकेको हुँदा सोलाई हामीले निरन्तरता दिंदै वडालाई पूर्ण खोपमा सफल बनाउन प्रयासरत रहँदा रहँदै समेत ४ जना बालबालिकाहरु हाल खोप लगाउनबाट छुटेको हुँदा आउने दिनमा उनलाई सहभागी गराउने बताउनुभयो ।
वडा नं. ६ का वडा अध्यक्ष समिरप्रताप सिंहले ‘वडाबाट शहरी स्वास्थ्य केन्द्रले मागे अनुसारको बजेट विनियोजित गर्न नसकेको अवस्था भएपनि हाल छुट्टाईएको बजेटबाट समेत उत्कृष्ट कार्य गर्दै आईरहेको शहरी स्वास्थ्य केन्द्र धन्यवादको पात्र भएको छ, हाल वडालाई पूर्ण ...









