Thursday, December 12सत्यम खबर
Shadow

गर्मीले उपमहानगर तथा डुडुवाका शैक्षिक संस्था बन्द

नेपालगन्ज, १८ जेठ – अत्याधिक गर्मी बढेपछि बाँकेको नेपालगन्ज उपमहानगरपालिका तथा डुडुवा गाउँपालिकाले आज शुक्रबारदेखि पाँच दिनसम्म पालिका अन्तर्गतका सबै शैक्षिक संस्था बन्द गरेको छ ।
केही दिनदेखिको लगातार बढ्दो क्रममा रहेको गर्मी हालसम्म कै तापक्रम ४४.५ डिग्री कायम रहेको अवस्थामा नेपालगन्ज उपमहानगरपालिकाले सम्पूर्ण सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरु बन्द गर्ने भएको छ ।


शैक्षिक क्यालेन्डर अनुसार विद्यालयहरुको गर्मी बिदा २०८१ जेठ २७ गतेदेखि असार १४ गते शुक्रबारसम्म भएकोमा यस उपमहानगरपालिका क्षेत्रमा अत्याधिक गर्मीका कारण विद्यालयहरुमा पठनपाठन हुन नसक्ने अवस्था रहेकोले मिति २०८१ जेठ २० देखि असार ७ गतेसम्म गर्मी बिदा गर्ने र असार ९ गतेबाट नियमित रुपमा विद्यालयहरुमा पठनपाठन गर्ने भनी उपमहानगर शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाद्वारा जारी सूचनामा जनाईएको छ ।


यसैगरी डुडुवा गाउँपालिकाले विगत केही दिनदेखि बढेको अत्याधिक गर्मी, तातो हावा र ‘लू’का कारण जनजिवन कष्टकर बन्दै गएपछि गाउँपालिकाले जेठ १८ गतेदेखि जेठ २२ गतेसम्मका लागि सम्पुर्ण शैक्षिक संस्था बन्दको आवहान गरेको छ ।
पालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत अशोककुमार पाण्डेले एक सूचना जारी गरि विद्यालयको प्रशासनिक कार्य बाहेक पठनपाठन बन्द गरेको जनाउनु भएको छ । उहाँका अनुसार अधिकांस विद्यालय टिनको छाना भएको र गर्मी बढेर बालबालिकाहरुलाई प्रत्यक्ष असर पार्ने भएकाले हाललाई पाँच दिनसम्म पालिका अन्तर्गत रहेका सम्पूर्ण शैक्षिक संस्था बन्द गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *