
नेपालगन्ज, २३ असार – बाँकेको खजुरामा कृतिकारद्वय कथाकार चरित्रा शाहको तातेताते र बोधराज प्याकुरेलद्वारा प्रकासित कृति शङका कृति माथि परिचर्चा कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
कल्पना फाउण्डेसन नेपाल साहित्य विभागको आयोजनामा “कल्पना फाउण्डेसनको पहिचान, साहित्य र समाज सेवा हाम्रो पहिचान” मूल नाराकार साथ आयोजित कार्यक्रममा खजुरा गाउँपालिकाका प्रमुख डम्बर बिक तुफानले पानसमा दीप प्रज्वलित गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि खजुरा गाउँपालिकाका प्रमुख डम्बर बिक तुफानले दुबै जना खजुराका हुनु हुन्छ, ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पस खजुराका क्याम्पस प्रमुख चरित्रा शाह र ज्ञानोदय माध्यमिक बिद्यालय खजुराका शिक्षक पनि हुनु हुन्छ उहाँहरुले यस्तो मेहनत गरी कृति प्रकासित गर्नु भएकोमा धन्यादवाद दिंदै यस किसिमको कृति अझ प्रकासित गरुन हाम्रो खजुराको अलग पहिचान हुन्छ भन्दै बिचार व्यक्त गर्नु भएको थियो ।

कल्पना फाउण्डेसन नेपाल साहित्य विभागका प्रमुख लेक प्रसाद प्याकुरेलको अध्यक्षतामा बोधराज प्याकुरेलद्वारा प्रकासित लघुकथा शङका कृति माथि छबिलाल खडकाले समिक्षा गर्नुभएको थियो भने कथाकार चरित्रा शाहको तातेताते कृतिमाथि पुस्कर रिजालले समिक्ष गर्नुभएको थियो ।
बोधराज प्याकुरेलद्वारा प्रकासित कृति लघुकथा शङका, कथाकार चरित्रा शाहको तातेताते कृति माथि नविन अभिलाषीले परिचर्चा गर्नु भएको थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि खजुरा गाउँपालिकाका प्रमुख डम्बर बिक तुफानलाई कल्पना फाउण्डेसन नेपाल साहित्य विभागका प्रमुख लेक प्रसाद प्याकुरेल, अध्यक्ष कल्पना पौडेल जिज्ञासु, खजुरा गाउँपालिकाकी निर्वतमान उपप्रमुख एक माया बिकले मायाको चिनो प्रदान गुर्न भएको थियो ।

समिक्षकद्वय छबिलाल खडका, पुस्कर रिजाल र परिचर्चाकार नविन अभिलषीलाई प्रमुख अतिथि डम्बर बिक तुफान, कल्पना फाउण्डेसन नेपाल साहित्य विभागका प्रमुख लेक प्रसाद प्याकुरेल, अध्यक्ष कल्पना पौडेल जिज्ञासु, खजुरा गाउँपालिकाकी निर्वतमान उपप्रमुख एक माया बिकले मायाको चिनो प्रदान गुर्नभएको थियो ।
सो कार्र्यक्रममा कल्पना फाउण्डेसन नेपालकी सदस्य गीता अर्यालद्वारा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य इन्दिरा गौतमले गर्नुभएको थियो । कार्यक्रममा बिशिष्ट अतिथि बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा.डा. घनश्याम परिश्रमी, लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा.डा. कृष्ण प्रसाद घिमिरे, वरिष्ठ साहित्यकार सनत कुमार रेग्मी लगायतको सक्रिय सहभागिता रहेको थियो ।

सो कार्यक्रममा भेरी साहित्य समाज केन्द्रीय समितिका निर्वतमान अध्यक्ष हरिप्रसाद तिमिल्सिना, अध्यक्ष इन्द्रबहादुर बस्नेत, ज्ञानोदय माध्यमिक बिद्यालय खजुराका प्रधानाध्यापक ऋषिराम सापकोटा, साहित्यकार तथा अधिवक्ता भीमबहादुर शाही, धिरेन अनुपम, लक्ष्मी बस्याल, पुष्पमणि प्रधान, अवधी साहित्यकार बिष्णुलाल कुमाल, मणि अर्याल, मधई सिंह सरदार, कृष्णादेवी पाण्डेय, पंकज श्रेष्ठ, यज्ञलाल सुवेदी, खजुरा प्रज्ञा प्रतिष्ठानका सदस्य माधव शर्मा, ईश्वरीप्रसाद रिजाल, रुपन्देहीका रमेश समर्थन, रविन शर्मा, खिमलाल बराल, मन्दिरा निरौला, खेमराज शर्मा, मीना बराल, आनन्द गिरी मयाल, चन्द्रवती अधिकारी, सीता सुवेदी, कमला सापकोटा, पदमा शर्मा, निशा शर्मा, मिलन गुरुङ्ग, दमयन्ति जैसी, आकृति राना, केबी शाही, सुन्दर गुरुङ्ग, राकेश गुरुङ्ग, पवन जायसवाल, खगेन्द्र दाहाल, रत्ना कार्की, पहलमान सुनार, हरिश जोशी, खेम बगर, अजमल खाँ, इन्दिरा गौतम, स्पर्श अधिकारी, लगायतको उपस्थिति रहेको थियो ।