Wednesday, May 14सत्यम खबर
Shadow

अवधी पत्रकार संघद्धारा श्रद्धाञ्जली सभा

नेपालगन्ज, १ श्रावण – अवधी पत्रकार संघ नेपालका केन्द्रीय महासचिव पत्रकार गुरुमुरत यादवको आमा स्वर्गिय चमेला यादवको १३औँ पुण्यतिथीमा श्रद्धाञ्जली सभा गरिएको छ ।


नरैनापुर गाउँपालिका वडा नम्बर–५ जमुनाह स्थित घरमा अवधी पत्रकार संघको टिम पुगेर सभामार्फत सम्बेदना व्यक्त गरेको छ । संघका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्र, वरिष्ठ उपाध्यक्ष विनय दिक्षित, केन्द्रीय सदस्य दिपक गुप्ता, बाँके शाखाका पुर्ब अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठी, नेपाल प्रेस युनिय बाँकेका उपायक्ष कमल खत्रीलगायतले मृतक आमाप्रति दिवांगत आत्माको चिरशान्तिको कामना गर्दै समबेदना व्यक्तगर्नु भएको थियो ।
९० वर्षीय यादवको असार १९ गते बुधबार राती बाँके, नरैनापुर गाउँपालिका वडा नम्बर–५ जमुनाह स्थित घरमा निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *