Friday, April 25सत्यम खबर
Shadow

युरोपलाई मुस्लिमहरूले भर्ने जर्ज सोरोसको रणनिती, हंगेरीका प्रधानमन्त्रीको यस्तो खुलासा!

काठमाण्डौ, ३० असार – हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले जर्ज सोरोसमाथि युरोपलाई मुस्लिमहरूले भर्ने योजनासहित गम्भीर आरोप लगाएका छन्। प्रधानमन्त्री ओर्बानले सोरोसले मुस्लिम र अन्य घुसपैठहरूलाई समर्थन गर्न युरोपेली संघका धेरै सांसदहरू किनेको दाबी गरेका छन्।

प्रधानमन्त्री भिक्टर ओर्बानले पत्रकार सम्मेलनमा भने, ‘जर्ज सोरोस युरोपलाई मुस्लिमहरूले भर्न चाहन्छन्। उनले युरोपेली संघका धेरै सांसदहरूलाई पैसा दिएर आफ्नो पक्षमा ल्याएका छन् । यसरी, तिनीहरूले युरोपेली संघ मा कानून पारित गर्न सक्छन्।’

ओर्बानले विशेष गरी ग्रीस, हंगेरी र अस्ट्रिया जस्ता देशहरूमा मुस्लिम जनसंख्यालाई पुनर्वास गर्ने योजनाहरू चलिरहेको बताए। उनले यो युरोपको सामाजिक संरचना परिवर्तन गर्नको लागि योजनाबद्ध रणनीति भएको बताए । ,

युरोपेली संघमा कानून पास गराएको आरोप
प्रधानमन्त्री ओर्बानले सोरोसको प्रभावमा युरोपेली संघले मुस्लिम आप्रवासीहरूको पक्षमा धेरै कानुन पारित गरेको आरोप लगाए। यी कानूनहरू अन्तर्गत मुस्लिमहरूलाई युरोपमा बसाउने योजना बनाइएको छ। ,

यी आरोपहरू पछि हंगेरीले आफ्नो सीमामा सुरक्षा बढाएको छ र आफ्नो अध्यागमन नीतिलाई कडा पारेको छ। ‘हामी हंगेरीलाई सुरक्षित राख्न सबै आवश्यक कदम चालिरहेका छौं,’ ओर्बानले भने, ‘हामी हाम्रो सार्वभौमसत्ता र संस्कृतिको रक्षा गर्नेछौं।’

विक्टर ओर्बानका यी आरोपहरू जर्ज सोरोसमाथिको ठूलो हमला हो र यसले युरोपमा नयाँ बहसलाई जन्म दिएको छ । सोरोसका समर्थकहरूले यो षड्यन्त्र मात्र भएको बताउँछन् भने विपक्षीहरूले यसमा केही सत्यता हुनसक्ने विश्वास गर्छन्।
अब यो विवादको नतिजा के हुन्छ र यसले युरोपको राजनीतिमा कस्तो प्रभाव पार्छ भन्ने कुरा आगामी दिनमा हेर्न चाखलाग्दो हुनेछ । नेपाल पाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *