Tuesday, July 14सत्यम खबर
Shadow

आस्था

त्रिशूलीमा बेपत्ता बस र यात्रु खोज्न नेपाल र भारतको संयुक्त टोली परिचालन

त्रिशूलीमा बेपत्ता बस र यात्रु खोज्न नेपाल र भारतको संयुक्त टोली परिचालन

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, ६ श्रावण – एक साता अघि सिमलताल पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस र सवार यात्रुको खोजीमा नेपाल र भारतको संयुक्त टोली परिचालन भएको छ। चार गोताखोरसहित १२ जनाको भारतीय टोलीले आइतबार बिहानदेखि खोजी गरिरहेको हो। भारतको ‘राष्ट्रिय आपदा मोचन बल’ (एनडीआरएफ) का प्राविधिकसहितको टोली खोजीमा आएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। भारतीय टोलीमा कुनाल तिवारी, ललितकुमार, रविशंकर सरोज, सुधीरकुमार सिंह, बहादुर नाथ, सन्दीपकुमार दुबे, विक्रान्त कुमार, अवध किशोर, हेमन्तकुमार यादव, मनोजकुमार यादव, सुनीलकुमारसिंह यादव र लोकेश कुमार छन्। काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौंका लागि छुटेको एन्जल डिलक्स बस २८ असारमा भरतपुर महानगर– २९, सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा पहिरोसँगै त्रिशूली नदीमा खसेका थिए। बसमा सवार ...
भनाइ पत्रकारको निर्वाचन, गराइ राजनीतिक स्वार्थसिद्धिको खेल

भनाइ पत्रकारको निर्वाचन, गराइ राजनीतिक स्वार्थसिद्धिको खेल

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
मितिः २०८१ श्रावण ६ गते, आईतबार– शालिग्राम पाण्डे रूपमा सदस्यता शुद्धीकरणका नाममा मनपरी भएकाले तालाबन्दी, धर्ना, हात हालाहाल, बहिस्कार आदि कारणले नेपाल पत्रकार महासङ्घको निर्वाचन घोषित समयमा हुन नसकेको देखिए पनि सारमा राजनीतिक स्वार्थसिद्धिको दाउपेच लुकेको छ । निर्वाचन समितिद्वारा कार्यतालिका सार्वजनिक गर्दै असार २२ गते गर्ने भनिएको निर्वाचन हुन नसकेपछि संस्थाको वैधानिकतामै प्रश्न खडा भएको छ । अरू निकाय सङ्घ–संस्थाको वैधानिकता, अनियमिताबारे आलोचना गर्दै लेख्ने पत्रकारहरू आफ्नो छाता सङ्गठनको सवालमा भने जे गरे नि हुने भन्दै नाना रमिता देखाउन उद्यत छन् ।नेपाल पत्रकार महासङ्घ समाजको अगुवा पेसागत सङ्गठन हो । यस अर्थमा महासङ्घको निर्वाचन निस्पक्ष र निर्विवाद ढङ्गले समयमा हुनुपर्छ । अगुवा संस्थाले जहिले पनि असल काम गर्नुपर्ने हुन्छ । महासङ्घको सदस्यता मापदण्ड, पदहरूमा चयन प्रक्रिया सबै पार...
५० जना स्वयंसेवी रक्तदाताद्वारा रक्तदान

५० जना स्वयंसेवी रक्तदाताद्वारा रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ६ श्रावण – रोयल फिटनेश जोनद्वारा आयोजित रक्तदान कार्यक्रममा ८ महिला सहित ५० जनाले शनिवार उत्साहजनक रुपमा रक्तदान गरेका छन् ।नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.१८ कारकाँदौंमा रहेको द रोयल फिटनेश जोनमा आयोजित नेपाल मानव धर्म सेवा समितिका भेरी राप्ती क्षेत्रीय उपाध्यक्ष मंगल जिएमद्वारा सञ्चालित, द रोयल फिटनेश जोनका अध्यक्ष अमित लामाको अध्यक्षतामा, प्रमुख अतिथि नेपाल मानव धर्म सेवा समितिकी महात्मा चन्द्रकान्ता बाईजीले प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी उद्रघाटन गर्नु र्भको थियो । आयोजित रक्तदान कार्यक्रममा एकता युवा कलब, एस.के. डेरी उद्योग, आरोही पशुपति ट्रेडर्स, नेपाल मानव धर्म सेवा समिति बाँके, मनकामना आयुर्वेद, शर्मिला आल्मुनियम सप्लायर्सको सहकार्यममा सम्पन्न रक्तदान कार्यक्रममा द रोयल फिटनेश जोनका अध्यक्ष अमित लाम...
परिर्वतनको लोकार्पण तथा रचना वाचन

परिर्वतनको लोकार्पण तथा रचना वाचन

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ६ श्रावण – बाँकेको नेपालगन्जमा प्रगतिशील लेखक सङघ नेपाल बाँके शाखाको १२ औं अङक परिर्वतनको लोकार्पण तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ ।नेपालगन्ज स्थित महेन्द्र पुस्तकालय नेपालगन्जमा आयोजित कार्यक्रममा प्रगतिशील लेखक सङघ नेपाल बाँके शाखाका अध्यक्ष पुष्पमणि प्रधान, लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा.डा.कृष्णप्रसाद घिमिरेको प्रमुख आतिथिले दीप प्रज्वलित गरी कार्यक्रम उद्घाटन गनुभएको थियो । प्रमुख अतिथि प्रा.डा.कृष्णप्रसाद घिमिरे, सभाध्यक्ष, अतिथिहरुले संयुक्त रुपमा परिर्वतन १२ औं अङक लोकार्पण गर्नुभएको थियो । उक्त कार्यक्रममा भेरी साहित्य समाज केन्द्रिय कार्य समितिका अध्यक्ष हरिप्रसाद तिमिल्सिना लगायतले मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रममा चन्दावती अधिकारी, गीता अर्याल, चरित्रा शाह, इन्दिरा गौतम, ईशवरी प्रसाद रिजाल, रामचन्द्र आचार्य लगायतले आ–आफ्ना क...
स्रष्टा खेमनाथ दाहालको नयाँ कृति ‘सिर्जनामा दृष्टि’ लोकार्पण

स्रष्टा खेमनाथ दाहालको नयाँ कृति ‘सिर्जनामा दृष्टि’ लोकार्पण

आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ६ श्रावण – स्रष्टा खेमनाथ दाहालको नयाँ कृति ‘सिर्जनामा दृष्टि’ लोकार्पण गरिएको छ । काठमाडौंमा शनिबार साहित्यिक पत्रकार संघको आयोजनामा एक विशेष समारोहबीच स्रष्टा दाहालको भूमिकासंग्रह कृति ‘सिर्जनामा दृष्टि’को लोकार्पण गरिएको हो ।संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि, वरिष्ठ इतिहासविद् प्राडा.सुरेन्द्र केसी, कृति सर्जक महाकाव्यकार खेमनाथ दाहाल, विशिष्ठ अतिथि विशिष्ठ कलाकार मदनदास श्रेष्ठ, वरिष्ठ पत्रकार एवं साहित्यकार पुरुषोत्तम दाहाल, सामालोचक प्राडा.कृष्णप्रसाद दाहाल, समीक्षक डा.यज्ञश्वर निरौला, गीतकार समाजसेवी सोभित उप्रेति, प्राडा.गोविन्दमान सिंह कार्की, उषा दाहाललगायतले उक्त कृतिको लोकार्पण गर्नुभएको थियो । गीतकार÷निर्देशक गणेश सुवेदीले सहजीकरण गर्नुभएको कार्यक्रमको प्रमुख अतिथि प्राडा.केसीले दीप प्रज्ज्वलन गरेर समुद्घाटन गर्नुभएको ...
शतक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा १७९ औं पटक रक्तदान

शतक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा १७९ औं पटक रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ६ श्रावण – गोरखा जिल्लामा नेपाल शतक रक्तदाता÷रक्त सम्राट एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले श्रावण ५ गते १ सय ७९ औं पटक रक्तदान गर्नु भएको छ ।नेपाल स्वयंसेवी रक्तदाता समाज गोरखा जिल्ला शाखाको आयोजनामा गोरखा नगरपालिकाका नगर प्रमुख कृष्णबहादुर रानामगरको प्रमुख आतिथ्यमा सम्पन्न रक्तदान कार्यक्रममा रक्तदान गर्दै शतक रक्तदाता प्रेमसागर कर्माचार्यले पहिलेको तुलनामा आज स्वयंसेवी रक्तदाता बढे पनि विरामीको संख्या पनि बृद्धि हुँदै गई रहेको छ, अहिले देशभर रगत अभाव भएको भई रहेको बताउनुभयो । उहाँले भन्नु भयो “४५ केजी तौल भएका प्रत्येक स्वस्थ यूवाहरुले आफ्नो १८औं जन्मोत्सव सँगै मानव जीवन बचाउनका लागी रक्तदानमा लाग्न म आग्रह गर्दैछु । त्यसैले स्वयंसेवी रक्तदाताहरुले दानमा दिएको रगतको विरामीहरुले शुल्क तिर्नुपरेको छ यो कार्यलाई सरकारले सम्वोधन गर...
कराते र महिला क्रिकेटमा ऐतिहासिक जित निकाल्ने खेलाडीलाई खेलकुद मन्त्रीले दिए बधाई

कराते र महिला क्रिकेटमा ऐतिहासिक जित निकाल्ने खेलाडीलाई खेलकुद मन्त्रीले दिए बधाई

आस्था, खेल, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काडमाण्डौ, ५ साउन – युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले भुटानको थिम्पुमा भएको ८ओै साउथ एशियन कराते प्रतियोगितामा नेपाली टिम प्रथम तथा एसीसी वुमन्स एसिया कपमा यूएईमाथि भएको ऐतिहासिक जितप्रति खेलाडीहरूलाई बधाई दिएका छन् ।शुक्रबार युवा तथा खेलकुदमन्त्री चौधरीले आफ्नो सचिवालयको अफिसियल फेसबुकमार्फत दुवै प्रतियोगीताका खेलाडीहरूलाई बधाई दिएका हुन् । उनले फेसबुकमार्फत नेपाली महिला क्रिकेट टोलीलाई बधाई दिँदै भनेका छन्, ‘नेपालले एसीसी वुमन्स एसिया कपमा यूएईमाथि ६ विकेटको ऐतिहासिक जित हात निकालेकोमा नेपाली महिला क्रिकेट टोलीप्रति हार्दिक तथा शुभकामना व्रुयक्त गर्न चाहन्छु ।’११६ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा ग¥यो। यसअघि नेपाल एसिया कपमा २०१२ मा तीन र २०१६ मा ५ खेलमा नेपाल पराजित भएको थियो । नेपालको जितमा सम्झना खड्का ४५ बलमा ११ चौकासहित ७२ रनमा नट आउट रहिन् ।...
साउथ चाईना सी मा चीनले तनाव बढायो

साउथ चाईना सी मा चीनले तनाव बढायो

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ४ असार – फिलिपिन्सको तटमा चीनको दोस्रो विमानवाहक वाहक ‘शानडोङ’ को तैनाथी फिलिपिन्ससँग बढेको तनावको समयमा आएको हो। चिनियाँहरूले पानीको तोपको प्रयोग र फिलिपिन्सको तटरक्षक जहाजहरूलाई जानाजानी र्‍यामिङ गर्ने घटनाहरूले विवादित दक्षिण चीन सागरमा आफ्नो दावी दाबी गर्न चीनको प्रयासलाई तीव्रता दिएको संकेत गर्दछ। यसको तर्फबाट मनिलाले दक्षिण चीन सागरमा जल तोप वा कुनै पनि आपत्तिजनक हतियार प्रयोग गरेर यस क्षेत्रमा तनाव बढाउन आफ्नो मनसाय नरहेको स्पष्ट पारेको छ। अन्तिम कुरा यो रणनीतिक जलमार्गमा तनाव बढाउनु थियो राष्ट्रपति मार्कोस जुनियरले उल्लेख गरे । यसैबीच, फिलिपिन्सले दक्षिण चीन सागरमा चीनको बढ्दो आक्रामकताको रूपमा वर्णन गरेको कुरालाई विरोध गर्न आफ्ना छिमेकीहरू र अन्य देशहरूसँग सम्बन्ध बढाउँदै आएको छ। जापान र फिलिपिन्सका विदेश र रक्षा मन्त्रीहरू जुलाई ८ मा मनिलामा भेला हुनेछन् र अन्य कुरा...
पहिरो पीडितहरूप्रति श्रद्धांजलि कार्यक्रम सम्पन्न

पहिरो पीडितहरूप्रति श्रद्धांजलि कार्यक्रम सम्पन्न

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
गत जुलाई १० तारिखका दिन त्रिशूली खोलामा भएको बस दुर्घटनामा परी २५ जनाले ज्यान गुमाएका थिए भने १० जना अझै बेपत्ता छन्। यो घटनामा ज्यान गुमाएकाहरूको आत्माको चिर शान्तिको लागि २ मिनेटको मौन धारण गरियो। कार्यक्रम आज बेलुकी ६:०० बजे, नेउपाने टावरको अगाडि तिनकुने, काठमाडौंमा सम्पन्न भयो। राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादव, वरिष्ठ नेता बीपी यादव लगायत १५० भन्दा बढीको उपस्थिति रहेको कार्यक्रममा बीपी यादवले सम्बोधन गर्दै दुर्घटनामा परी ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरे। उनले घटनापछि ६ दिन बित्दा पनि खोजी कार्य पूरा हुन नसकेको राज्यको दुर्भाग्य भएको बताउँदै, त्रिशूलीमा यति धेरै व्यक्तिको ज्यान गुमाएको दिन राष्ट्रिय शोक घोषणा गर्नुपर्नेमा सरकार र नेताहरू कुर्सीको भागबन्डामा व्यस्त भएको आरोप लगाए। साथै, वर्तमानका नेताहरूबाट लोकतंत्र, संविधान र राज्य सुरक्षि...
परराष्ट्रमन्त्री आरजु र भारतीय राजदूतबीच भेट

परराष्ट्रमन्त्री आरजु र भारतीय राजदूतबीच भेट

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाडौं, १ साउन - परराष्‍ट्रमन्त्री आरजु राणा देउवा र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ।मन्त्री देउवासँग शिष्टाचार भेटघाटका लागि श्रीवास्तव मंगलबार परराष्ट्र मन्त्रालय पुगेका हुन्।उनीहरूबीच विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। नेपाल-भारतबीच सम्बन्ध र सहकार्यबारे पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।मन्त्रीमा देउवा नियुक्त भएपछि भारतीय समकक्षी एस जयशं‌करले पनि ट्विटमार्फत बधाई तथा शुभकामना दिएका थिए।...