
नेपालगन्ज, ३० असार – एमनेष्टी इन्टरनेशनल नेपाल, समूह ६२ नेपालगन्जको साधारण सभाले नयाँ कार्य समिति सर्व सम्मत रुपमा चयन गरेको छ ।
पंकजकुमार गुप्ताको अध्यक्षतामा सम्पन्न साधारण सधामा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले द्वन्दको समयमा एमनेष्टी इन्टरनेशनल नेपालले द्वन्द पिडितहरुलाई समय समयमा पु¥याउनु भएको योगदानको बारेमा चर्चा गर्दै नव गठित कार्य समितिलाई सफल कार्यकालको बधाई दिनुभएको थियो ।

यसरी नेपालगन्ज उपमहानगरपालिका वडा नं.४ का वडाध्यक्ष गोपाल पुन लगायतले आ–आफना बिचार व्यक्त गरेका थिए । आर्थिक वर्ष २०८१÷०८२ को माथि योजना पेश गरिएको थियो सो माथि छलफल गरी सर्व सम्मति रुपमा पारित गरिएको थियो ।
कार्यक्रममा एमनेष्टी इन्टरनेशनल नेपाल केन्द्रिय सदस्य देवेन्द्र सिजुवाल, पूर्व संयोजक बिश्वजीत तिवारी, सुदिप भट्ट लगायतको उपस्थितमा नयाँ कार्य समितिको गठन गरिएको छ । अभिराज क्षेत्रीकोे संयोजकत्वमा नयाँ कार्य समिति सर्व सम्मतले चयन गरिएको छ । कार्य समितिको सहसंयोजकमा सूर्यलाल यादव, सचिव अनूप वर्मा, सहसचिव शुभम् पाठक, कोषाध्यक्ष माया गुप्ता सर्व सम्मतलाई चयन गरिएको छ यसरी सदस्यहरुमा सन्तोषबाबु गुप्ता, प्रतिमा महत, प्रशान्त गिरी, मञ्जु आचार्यलाई सर्व सम्मतले चयन गरिएको छ ।
