Wednesday, March 12सत्यम खबर
Shadow

परराष्ट्रमन्त्री आरजु र भारतीय राजदूतबीच भेट

काठमाडौं, १ साउन – परराष्‍ट्रमन्त्री आरजु राणा देउवा र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ।
मन्त्री देउवासँग शिष्टाचार भेटघाटका लागि श्रीवास्तव मंगलबार परराष्ट्र मन्त्रालय पुगेका हुन्।
उनीहरूबीच विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।


नेपाल-भारतबीच सम्बन्ध र सहकार्यबारे पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्रीमा देउवा नियुक्त भएपछि भारतीय समकक्षी एस जयशं‌करले पनि ट्विटमार्फत बधाई तथा शुभकामना दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *