वीपी स्मृति दिवसः बाँकेमा माल्यार्पण र हाजिरीजवाफ
नेपालगन्ज, ६ श्रावण – नेपाली कांग्रेसका संस्थापक नेता, पूर्व पार्टी सभापति एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री महामानव वीपी कोइरालाको ४२औं स्मृति दिवस आज बाँकेमा विभिन्न कार्यक्रम गरी मनाइएको छ ।नेपाली कांग्रेस बाँकेले माल्यार्पण तथा हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरेर ४२औं स्मृति दिवस मनाएको छ ।कांग्रेस बाँकेले आज आइतबार विहान नेपालगन्जस्थित वीपी चोकमा अवस्थित शालिकमा माल्यार्पण गरेर महामानव कोइरालालाई स्मरण गरेको हो । कार्यबहाक सभापति गोपालप्रसाद अधिकारीले वीपीको शालिकमा माल्यार्पण गरेका हुन् । माल्यार्पण कार्यक्रममा पूर्व पार्टी सभापतिहरु सनत रेग्मी, गजेन्द्र हमाल, किरण कोइराला लगायत पार्टी पदाधिकारी, अग्रज नेता, कार्यकर्ताको उपस्थिति रहेको सचिव सुधांशु कोइरालाले बताए ।
यसैगरी कांग्रेस बाँकेले सामुदायिक विद्यालयहरुका बीचमा हाजिरीजवाफ प्रतियोगिता गरेको छ । १० वटा माध्यमिक विद्या...









