Friday, February 7सत्यम खबर
Shadow

पहिरो पीडितहरूप्रति श्रद्धांजलि कार्यक्रम सम्पन्न

गत जुलाई १० तारिखका दिन त्रिशूली खोलामा भएको बस दुर्घटनामा परी २५ जनाले ज्यान गुमाएका थिए भने १० जना अझै बेपत्ता छन्। यो घटनामा ज्यान गुमाएकाहरूको आत्माको चिर शान्तिको लागि २ मिनेटको मौन धारण गरियो।

कार्यक्रम आज बेलुकी ६:०० बजे, नेउपाने टावरको अगाडि तिनकुने, काठमाडौंमा सम्पन्न भयो। राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादव, वरिष्ठ नेता बीपी यादव लगायत १५० भन्दा बढीको उपस्थिति रहेको कार्यक्रममा बीपी यादवले सम्बोधन गर्दै दुर्घटनामा परी ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरे।

उनले घटनापछि ६ दिन बित्दा पनि खोजी कार्य पूरा हुन नसकेको राज्यको दुर्भाग्य भएको बताउँदै, त्रिशूलीमा यति धेरै व्यक्तिको ज्यान गुमाएको दिन राष्ट्रिय शोक घोषणा गर्नुपर्नेमा सरकार र नेताहरू कुर्सीको भागबन्डामा व्यस्त भएको आरोप लगाए। साथै, वर्तमानका नेताहरूबाट लोकतंत्र, संविधान र राज्य सुरक्षित नहुने ठोकुवा समेत गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *