Tuesday, July 14सत्यम खबर
Shadow

आस्था

१५ महिलासहित ५० जनाले गरे रक्तदान

१५ महिलासहित ५० जनाले गरे रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १९ साउन – दैलेखी समाज बाँके १९ औं स्थापना दिवस तथा १८ औं वार्षिकोत्सवको उपलक्ष्यमा १५ महिला सहित ५० जनाले शनिवार रक्तदान गरेका छन् । बि.सं. २०६३ सालमा स्थापति भएको दैलेखी समाज बाँके नेपालगज्जको आयोजना, ग्लोबल ओरियन्स नेपाल र ओय ट्र प्रोको सहआयोजनामा आयोजित रक्तदान कार्यक्रममा दैलेखी समाज बाँके नेपालगन्जका अध्यक्ष पूर्णदेव गिरी र कार्य समिति सदस्य पूर्णकुमारी थापाले प्राविधिक सन्दिप आचार्य, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका कार्य समिति सदस्य मीनबहादुर मल्लले प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, ओय ट्र प्रो की सञ्चालक रितिका थारु, समाजका वरिष्ठ उपाध्यक्ष डिलबहादुर थापाले प्राविधिक निलम भुषाललाई रगत संकलन गर्ने पाकेट संयुक्त रुपमा हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । दैलेखी समाज बाँकेका नेपालगञ्जका अध्यक्ष पूर्णदेव गिरी, समाजका वरिष्ठ उप...
ऊर्जामन्त्री खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता

ऊर्जामन्त्री खड्का र चिनियाँ राजदूतबीच भेटवार्ता

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १४ साउन – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ । ऊर्जामन्त्रीको कार्यकक्ष सिंहदरबारमा सोमबार भएको भेटमा नेपाल–चीन सम्बन्धका विविध पक्षबारे छलफल भएको छ । भेटमा राजदूत सोङले ऊर्जा क्षेत्र नेपालको विकासका लागि महत्वपूर्ण र अपरिहार्य भएकाले यसको विकासका लागि चीनले सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले वर्तमान सरकार मुलुकका दुई ठूला राजनीतिक दल मिलेर बनेकाले उक्त सरकारले विकासलाई अगाडि बढाउनेमा आफू पूर्ण आशावादी रहेको बताए । भेटका क्रममा ऊर्जामन्त्री खड्काले कोरोना महामारीका समयमा बन्द रहेका चीनसँग जोडिएका नाका सञ्चालनमा ल्याउन गरेको सहयोगप्रति धन्यवाद दिए । 'म पनि चीनसँग सीमानाका जोडिएको जिल्लाको निर्वाचित सांसद हुँ, चीनसँग जोडिएको नेपालका सीमानाकाका जनताको जीवनस्तर सहजीकरणका लागि नागरिकताबाट चीन प्रवेशको वातावरण...
कृष्णनगरका तीन गाँउ उच्च जोखिममा, प्रदेश र संघ सरकारको ध्यानाकर्षण आवश्यक

कृष्णनगरका तीन गाँउ उच्च जोखिममा, प्रदेश र संघ सरकारको ध्यानाकर्षण आवश्यक

आस्था, प्रदेश ५, मौसम, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
कृष्णनगर, १४ साउन – कपिलवस्तुको कृष्णनगर नगरपालिका–१२ मा नदी कटानले ३ गाउँ उच्च जोखिममा परेका छन् । चरगंहवा नदीको कटानले भदुई, मानपुर र हथियागढ गाउँ जोखिममा परेका हुन् । चरगंहवा नदीको पानीको धार गाउँतर्फ फेरिएर बग्न थालेपछि स्थानीयबासीहरु त्रसित भएका छन् । वर्षायाममा नदीमा आएको बाढीले वर्षेनी सो गाउँतर्फ नदीले कटान गर्दै आएपछि तीनै गाउँका बसिन्दाले गाउँ नै बाढीले बगाएर लैजाने डर, त्रासमा बस्न परेको स्थानीय शिवदास चौधरीले बताए । चरगंहवा नदीको कटानले गाउँदेखि ३ सय मिटर भन्दा नजिकै नदीको धार आइसकेको उनले बताए । उनले भने “अब समयमै तटबन्ध र नदीको धार फेरिने काम भएन भने बाढीले पुरै गाउँ नै बगाउँछ । नदीको कटान नियन्त्रण गर्न सरकारले छिटै ध्यान पुर्याउन जरुरी छ । समयमै नियन्त्रणको काम नभए गाउँ नै विस्थापित हुने अवस्थामा रहेको छ” । यस क्षेत्रबाट निर्वाचित स्थानीय, संघ र प्रदेशका जनप्रतिनिधि ल...
माओवादी सांसदको आरोप- भ्रष्टाचारका फाइल बन्द गर्न नयाँ गठबन्धन बन्यो

माओवादी सांसदको आरोप- भ्रष्टाचारका फाइल बन्द गर्न नयाँ गठबन्धन बन्यो

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १४ साउन – नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले भ्रष्टाचारसम्बन्धी फाइल बन्द गर्न नयाँ गठबन्धन बनेको आरोप लगाएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै मोदीले वर्तमान सरकार गठन हुने बित्तिकै देखिएका गतिविधिले भ्रष्टाचारसम्बन्धी फाइल बन्द गर्न नयाँ गठबन्धन बनेको देखिएको बताएका हुन् । मोदीले भ्रष्टाचारका विभिन्न प्रकरणलाई अहिलेको गृहमन्त्रीले निरन्तरता दिनुहुन्छ की हुन्न भन्ने हेर्न बाँकी रहेको उल्लेख गरे । उनले भ्रष्टाचार र सुशासनका लागि आफ्नो पार्टी निरन्तर लाग्ने समेत बताए । त्यस्तै मोदीले ठूलो संघर्ष र बलिदानबाट नयाँ संविधान बनेको भन्दै कुनै अमुक पार्टीले संशोधन गर्न खोजे प्रतिरोध गर्ने चेतावनी दिए । उनले जनताको चाहाना, इच्छा र अधिकारलाई कसैले मार्न नपाइने बताए । खबरहब...
जेसिजको दुई दिने तालिम सम्पन्न

जेसिजको दुई दिने तालिम सम्पन्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १४ साउन – जेसिज नेपालगन्जको आयोजनामा ‘२०२४ इमपाउरि· एसजी फुलि· द फ्युचर’ सम्बन्धी दुई दिने तालिम दिईएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीको प्रमुख आतिथ्यतामा शुभाराम्भ गरिएको दुई दिने तालिममा सहभागीहरुलाई कसरी उच्च प्राथमिकता साथ आउने दिनमा सफल र सक्षम बनाउन सकिन्छ भन्ने बारे सिकाईएको जनाईएको छ । तालिममा माईनट कसरी लेखिन्छ, फ्रेम वार्क कसरी गरिनेछ, मिटि· कसरी बोलाउने, शाखालाई कसरी मजबुत बनाउन सकिन्छ लगायत विषय समेटिएको थियो भने तालिममा नेपाल जेसिजका ५६ एरिया डि टिमको शाखा तथा त्यसका ५६ जना महासचिवहरुलाई सहभागिता रहेको थियो भने अन्य नन एरिया डि बाट थप गरी १०० बढीको सहभागिता रहेको थियो । उक्त तालिमको आयोजना नेपाल जेसिजले गरेको थियो भने होस्ट नेपालगन्ज जेसिजले गरेको थियो । कार्यक्रमको अध्यक्षता नेपालगन्ज जेसिजका अध्यक्ष आदित्यकुमार गुप्ताले गरेका ...
चिनियाँ राजदूतको अमर्यादित टिप्पणी, मोहना अन्सारीले गरिन् खण्डन

चिनियाँ राजदूतको अमर्यादित टिप्पणी, मोहना अन्सारीले गरिन् खण्डन

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १४ साउन – चिनियाँ राजदूत चेन सङ एकपछि अर्काे विवादित टिप्पणी गर्न थालेका छन्। नारायणगढ-मुग्लिङ सडकको सिमलतालमा पहिरोमा परी त्रिशूलीमा बेपत्ता बस खोजीको विषयमा सङको टिप्पणी आएको हो। दुई बसको खोजीकार्यमा भारत र नेपालको संयुक्त टोली परिचालन भएको थियो। भारतीय टोली फर्किसकेको छ भने नेपाली टोलीले खोजी कायमै राखेको छ। तर, भारतबाट ल्याइएको १९ किलोको चुम्बक त्रिशूली नदीमा शनिबार हराएको थियो। यद्यपि चुम्बक फेला परिसकेको छ। सङले चुम्बक हराएको समाचारमा टिप्पणी गर्दै ‘चुम्बक खोज्न’ आग्रह गरेका छन्। उनले ‘नागरिक’ दैनिकमा प्रकाशित उक्त समाचारको लिंकमा उक्त कमेन्ट गरेका थिए। राजदूत चेन सङले थप कमेन्टमा लेखेका छन्, ‘कतिपय व्यक्तिले कमेन्ट गर्नु अनुपयुक्त भनी तर्क गरेका छन्। मेरो जवाफ- कमेन्टमा के गल्ती छ? खोजीकार्य सबै माध्यमद्वारा अगाडि बढाउनु पर्दैन? यदि खोजीकार्यलाई गति दिन चुम्बक चा...
सौर्य एयरलाइन्स दुर्घटनाः पोखरा विमानस्थलमा चिनियाँ ऋणको जालो र आम्दानीको दबाब

सौर्य एयरलाइन्स दुर्घटनाः पोखरा विमानस्थलमा चिनियाँ ऋणको जालो र आम्दानीको दबाब

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १४ साउन – ९ असारमा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटना भयो। यो दुर्घटनामा पाइलटबाहेक बाँकी सबै १८ जनाको ज्यान गयो। यसअघि भद्रपुर र विराटनगर व्यवसायिक उडान भरेको यो विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित उडानमा जान लागेको थिएन। ल्यान्डिङ गियर’ फेरेपछि थप मर्मतका लागि जहाज पोखरा उड्दै थियो । विमान पोखरा पठाइनुमा कारण जोडिन्छ । पोखरा विमानस्थलमा चिनियाँ ऋणको जालो र आम्दानीको दबाब। ह्याङ्गर ठाउँ उपलब्ध भएको ठाउँमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेवा दिन सकिने विमानलाई नयाँ विमानस्थलका लागि आम्दानी आर्जन गर्न पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पठाइएको थियो। यस घटनाले देशको उड्डयन पूर्वाधारको व्यवस्थापनमा प्राथमिकताको बारेमा बहस सुरु गरेको छ । केहीले यो घटना हुनुमा पीआईएमा आयआर्जन गर्न दबाब, सम्भवतः चिनियाँ ऋणको भुक्तानी ...
चिनियाँ कम्पनीको लापरवाहीले नारायणगढ–बुटवल सडकको काम ६ वर्षमा ५३ प्रतिशत मात्र, तेस्रो पटक थपियो म्याद

चिनियाँ कम्पनीको लापरवाहीले नारायणगढ–बुटवल सडकको काम ६ वर्षमा ५३ प्रतिशत मात्र, तेस्रो पटक थपियो म्याद

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १४ साउन – नारायणगढ–बुटवल सडक विस्तारमा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनलेले चरम लापरवाही गरेको छ। ६ वर्षमा ५३ प्रतिशत मात्र भौतिक प्रगति भएको छ। सुरुको सम्झौता अनुसार दुई वर्ष अघि नै निर्माणको काम सकिनुपर्ने भएपनि कम्पनीले लापरवाही गर्दा नेपाली जनताले दुख पाइरहेका छन्। दुवै साइड गरेर साढे २६ किलोमिटर मात्र सडक कालोपत्र भएको छ । योबीचमा दुई पटक म्याद थप गरिए पनि प्रगति भएको थिएन। सडक विभागले फेरि एक वर्षको म्याद थप गरेको छ। अब २०८२ साउन ८ सम्मका लागि म्याद थप गरिएको हो । ११३ किलोमिटर सडक विस्तारका लागि ०७५ चैत ८ मा ठेक्का सम्झौता भएको थियो। आयोजना निर्देशनालयका अनुसार म्याद थप नगरी ठेक्का तोड्ने प्रक्रियामा गए फेरि नयाँ ठेक्का गर्न समय लाग्ने र लागत बढ्ने भएकाले एक वर्ष म्याद थप गरिएको हो। एसियाली विकास बैंक ९एडीबी० को ऋण सहयोगमा सड...
लुम्बिनी प्रदेश मन्त्री कुर्मीलाई युनियनको सम्मान

लुम्बिनी प्रदेश मन्त्री कुर्मीलाई युनियनको सम्मान

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १४ साउन – नेपाल प्रेस युनियन बाँके शाखाले लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री बादशाह कुर्मीको स्वागत तथा बधाई कार्यक्रम गरेको छ । युनियन बाँकेले आइतबार नेपालगन्जमा एक कार्यक्रमको आयोजना गरी स्वागत तथा बधाई दिएको हो । कार्यक्रममा बोल्दै मन्त्री कुर्मीले युनियनले गरेको सम्मानप्रति आभार व्यक्त गर्नुभयो । उहाँले व्यवसायिक पत्रकारिताको विकासका लागि आफुले गर्न सक्ने पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । स्वागत तथा बधाई कार्यक्रममा उहाँले मिडियाबाट आफु लक्षित विषयमा आइरहेका समाचारप्रति यर्थाथता बुझिदिन आग्रह गर्नुभयो । मानवअधिकारकर्मीको खोल ओढेका निहित स्वार्थसिद्ध व्यक्तिले पैसाका लागि आफुमाथि निर्मला कुर्मीको हत्या आरोप लाद्ने प्रयास गरेको स्पष्ट पार्नुभयो । ‘यदि कोही कसैमाथि धेरै अनुसन्धान भएको छ, भने त्यो मेरो माथि भएको छ,’ मन्त्री कुर्मीले भन्नुभयो, ‘सिआईबीले हालसम्म पाँच पटक मे...
खगेन्द्र गिरि किोपिलालाई ‘प्रेम प्रकाश मल्ल स्मृति पुरस्कार’

खगेन्द्र गिरि किोपिलालाई ‘प्रेम प्रकाश मल्ल स्मृति पुरस्कार’

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १२ श्रावण – नेपालगन्जका सुप्रसिद्ध साहित्यकार, गजलकार, गायक, संगीतकार तथा गीतकार स्व. प्रेम प्रकाश मल्लको नाममा स्थापना गरिएको यस वर्षको पुरस्कार चर्चित गजलकार खगेन्द्र गिरि “कोपिला”लाई आज शनिबार प्रदान गरिएको छ । आज शनिवार भेरी साहित्य समाजले आयोजना गरेको कार्यक्रममा ५१ हजार १ सय ११ रुपैयाँ सहितको ‘प्रेम प्रकाश मल्ल मधुकर स्मृति पुरस्कार’ साहित्यकार “कोपिला”लाई प्रदान गरिएको हो । पुरस्कृत साहित्यकार “कोपिला”लाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ श्रष्टा सनत रेग्मीले पुरस्कार तथा सम्मान पत्र प्रदान गरेका हुन् । प्रेम प्रकाश मल्लको ८९ औं जन्मजयन्तिको अवसर पारेर आयोजना गरिएको सो समारोहमा भेरी साहित्य समाजद्वारा प्रकाशित बाँके शताब्दी साहित्य ग्रन्थ प्रकाशनमा सहयोग गर्ने स्थानीय निकाय तथा व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि रेग्मीले मोफसलका सर्जकहरु ...