Tuesday, July 14सत्यम खबर
Shadow

आस्था

बाँकेमा ५९ औं रक्तसंचार सेवा दिवसमा शतक रक्तदाता र आजीवन सदस्यलाई सम्मान

बाँकेमा ५९ औं रक्तसंचार सेवा दिवसमा शतक रक्तदाता र आजीवन सदस्यलाई सम्मान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १२ श्रावण – नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसंचार सेवाको आयोजनामा ५९ औं रक्तसंचार सेवा दिवसका अवसरमा स्वयंसेवी रक्तदातालाई सम्मान र आजीवन सदस्यता वितरण कार्यक्रम गरि शुक्रवार नेपालगन्जमा दिवस मनाइएको छ । उक्त दिवसको अवसरमा एक सय पटक रक्तदान गर्नुहुने शतक रक्तदाता पवन जायसवाललाई सम्मान गरिएको छ । जनमत अद्र्धसाप्ताहिकद्वारा विगत दुई दशकदेखि सञ्चालित त्रैमासिक रक्तदान कार्यक्रमको ६० औं श्रृङ्खलामा गत जेठ ३१ गते एक सय पटक रक्तदान गरी शतक रक्तदाताको रुपमा सम्मानित रक्त अभियन्ता जायसवाललाई नेपाल रेडक्रस सोसाइटीका पूर्व केन्द्रीय उपाध्यक्ष अजीतकुमार शर्मा, सनतकुमार रेग्मी र शाखा सभापति गोवर्धन सिंह सम्झनाले प्रशंसा पत्र र दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो भने ३९ जना स्वयंसेवी रक्तदाताहरुलाई अजीवन सदस्यताको प्रमाण पत्र वितरण गरिएको थियो । उक्त कार्यक्रममा पोजेटिव समुहका २५ प...
सदन र सडकलाई जोडेर प्रभावकारी प्रतिपक्षीको भूमिका निर्वाह गर्छौँ : अध्यक्ष प्रचण्ड

सदन र सडकलाई जोडेर प्रभावकारी प्रतिपक्षीको भूमिका निर्वाह गर्छौँ : अध्यक्ष प्रचण्ड

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ११ श्रावण – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सदन र सडकलाई जोडेर प्रभावकारी प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । शुक्रबार माओवादी पार्टी कार्यालय पेरिसडाडाँमा बसेको पदाधिकारी बैठकमा प्रचण्डले भ्रष्टाचार अन्त्यका साथै सुशासनका र अन्तर्राष्ट्रिय जगतमा माओवादी नेतृत्वको सरकारले गरेको राम्रा कामका कारण सरकारबाट बाहिरिनुपरेको भन्दै अव सदन र सडकलाई जोडेर प्रभावकारी प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन् । सरकारबाट बाहिरिँदै गर्दा जनतामा जाने ठूलो ऐतिहासिक अवसर प्राप्त भएको प्रचण्डले बताएका माओवादी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । उनले अव जनताको सम्बन्ध थप स्थापित गर्नका लागि अभियान नै बनाएर जानुपर्नेमा समेत जोड दिनुभएको सापकोटाले बताए । शुक्रबार पदाधिकारी बैठकमा ६ जना सदस्यहरूले धारणा राखेका थिए । उनीहरुले संघर्षका ...
भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद

भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, ११ श्रावण – भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले दिए महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराईलाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री ओलीका अनुसार रोजगारीको प्रलोभनमा बेचबिखन गरी कश्मीरको श्रीनगरमा ५ महिनादेखि बन्धक बनाइएका २८ जना नेपाली मजदुरहरूलाई मन्त्रालयको टोलीले उद्धार गरी नेपाल फर्काएको हो । सिराहाका २१ जना र धनुषाका ७ जना मजदुरलाई आजै जिल्ला मानव बेचबिखन नियन्त्रण समितिको जिम्मा लगाइएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले सफलताका लागि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई सहित टोलीलाई धन्यवाद समेत दिएका छन् । ओलीले सामाजिक सञ्जालमा लेखेका छन्- ‘रोजगारीको प्रलोभनमा बेचबिखन गरी कश्मीरको श्रीनगरमा ५ महिनादेखि बन्धक बनाइएका २८ जना नेपाली मज...
चीनमा आँधीले तीन लाख मानिस विस्थापित

चीनमा आँधीले तीन लाख मानिस विस्थापित

आस्था, मौसम, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ११ श्रावण – चीनमा आएको गेमी आँधीका कारण करिब तीन लाख मानिस विस्थापित भएका छन् । विस्थापितलाई शुक्रबार चिनियाँ अधिकारीले सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन् । हावाहुरीसँगै परेको वर्षाले पूर्वी चीनमा बिहीबार सार्वजनिक यातायात स्थगित भएका थिए भने ताइवानमा पाँच जनाको मृत्यु भएको छ । आठ वर्षमा ताइवानमा आएको सबैभन्दा शक्तिशाली आँधीका कारण बिहीबार ताईवानका केही सहरी भागहरूमा बाढी र डुबानको समस्या आएको छ । फिलिपिन्सको ताइवानतर्फ जाने बाटोमा आँधी र वर्षाका कारण ठाउँ ठाउँमा पहिरो गएको छ भने यसका कारण २० जनाको मृत्यु भएको छ । फिलिपिन्सको मनिलामा बिहीबार १४ लाख लिटर तेल बोकेको ट्याङ्कर समुद्रमा डुबेपछि इन्धनको प्रदूषण फैलिनबाट रोक्ने पहलहरू गरिएको छ । उक्त ट्याङ्कर बिहीबार बिहान चीनको पूर्वी फुजियान प्रान्तमा जाने क्रममा दुर्घटना भएको सरकारी सञ्चार माध्यमले जनाएको छ । चि...
चीनको ‘बेल्ट एण्ड रोड’ भनेको ‘ऋण र संकट’ को कोड हो

चीनको ‘बेल्ट एण्ड रोड’ भनेको ‘ऋण र संकट’ को कोड हो

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ११ श्रावण – सानो दक्षिणपूर्वी एसियाली देश, लाओसको सार्वभौमिकता लामो समयदेखि चलिरहेको आर्थिक संकट र यसको सार्वजनिक र सार्वजनिक रूपमा ग्यारेन्टी गरिएको ऋण जीडीपीको १२५% मा क्षय हुने खतरामा छ जसको आधाभन्दा बढी चीनमा ऋण छ। लाओसले धेरै छिटो ऋण लिने जोखिमलाई हाइलाइट गर्दछ, विशेष गरी गैर-सहयोगी ऋण। लाओसमा, थाइल्याण्डलाई उछिनेर ७४५ परियोजनाहरूमा फैलिएको करिब ५ अर्ब डलरको साथ चीन सबैभन्दा ठूलो विदेशी लगानीकर्ता बन्यो। चीनको नेतृत्वमा रहेको रणनीति लाओस जस्ता देशहरूलाई आर्थिक झट्काबाट जोगाउनको लागि थियो - बरु यसले उनीहरूलाई निम्त्यायो। आज लाओसले जलविद्युत बाँध, रेल र राजमार्गहरूको लागि चीनबाट ऋण लिएको अर्बौं फिर्ता गर्न संघर्ष गरिरहेको छ, जसले विदेशी भण्डारको देशलाई बगाएको छ। भुक्तानी तान्दा, बाह्य ऋण बढ्दै गएको छ, महामारी र बढ्दो विश्वव्यापी इन्धन र खाद्यान्नको मूल्यले बढेको जोखिम। लाओ...
कश्मीर धर्मगुरुहरूद्वारा एकताका लागि आह्वानः कट्टरपन्थी विचारहरूलाई अस्वीकार गर्नुहोस्

कश्मीर धर्मगुरुहरूद्वारा एकताका लागि आह्वानः कट्टरपन्थी विचारहरूलाई अस्वीकार गर्नुहोस्

आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ११ श्रावण – सुन्नी-शिया युवाहरूको गुटहरू बीचको चर्को अनलाइन बहसको बीचमा, कश्मीर उपत्यकाका प्रमुख धर्मगुरुहरूले जनतालाई सँगी मुस्लिमहरूको अभ्यास र विश्वासलाई लक्षित गर्नबाट रोक्न आग्रह गरेका छन्। दुबै समुदायका केही अज्ञात व्यक्तिहरू बीचको बहस सुरुमा अनलाइन भड्कियो। समयको साथ, शत्रुता छिटो फैलियो, अनलाइन र अफलाइन दुवै। लामो समयदेखिको ऐतिहासिक भिन्नताका कारण यस्ता चर्को तर्कहरू दोहोरिने गरेका छन् र मोहरमको समयमा धेरै सामान्य छन्। हालका वर्षहरूमा शिया र सुन्नी दुवै समुदायका युवाहरूद्वारा धार्मिक धर्मगुरुहरूद्वारा निर्देशित, संवाद र समझदारी बढाउनका लागि गरिएका प्रयासहरूमा उल्लेखनीय प्रगति भएको छ। यद्यपि यस वर्ष सामाजिक सञ्जाल प्रभावकारीको टिप्पणीले दुवै पक्षका भावनाहरूलाई तीव्र बनाएको छ। श्रीनगरको खानकाह-ए-मौलाको एउटा भिडियो हालसालै भाइरल भयो जसले खानकामा लामो समयदेखि चलिआएको अभ्य...
दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज

दुर्घटना भएको ५५ बर्षपछि अष्ट्रेलियामा भेटियो जहाज

आस्था, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, ११ श्रावण – अष्ट्रेलियाले ५५ वर्षपछि २१ जनाको ज्यान लिने एमभी नुनगाह जहाज फेला पारेको छ । बीबीसीका अनुसार यो जहाज २३ अगस्ट १९६९ मा न्यू साउथ वेल्सबाट टाउन्सभिलतर्फ प्रस्थान गरेको थियो । स्टिलले भरिएको कन्टेनर बोकेको जहाजमा ५२ जना सवार थिए । अगस्ट २५ सम्म, यो खतरनाक आँधीको सामना गर्दा ३१५ किलोमिटर अगाडि बढेको थियो । यसको गति ११० किलोमिटर प्रतिघण्टा भन्दा बढी थियो, जसलाई जहाजले सम्हाल्न नसकेर डुबेको थियो । जहाज डुबेपछि अस्ट्रेलियाली सेनाले इतिहासकै सबैभन्दा ठूलो समुद्री खोजी गरेको थियो । सेनाले विमान, हेलिकप्टर र पानीजहाज लिएर एमभी नुनगाहको खोजी गर्न निस्क्यो । केही घण्टामै जहाज फेला पर्यो र चालक दलका ५ सदस्यसहित २६ जनाको उद्धार गरियो । जहाज डुबेको १२ घण्टापछि पनि अस्ट्रेलियाली सेनाले मानिसलाई काठमा तैरिरहेको फेला पारेको थियो । त्यस बेलादेखि जहाज भने भेटिएको थिएन । ...
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन

रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
बुटवल, ११ श्रावण – विवादमा रहेको नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीलाई लुम्बिनी प्रदेशमा धक्का लागेको छ । चौधरीले लुम्बिनीको संसदीय दलको नेता फेरेर मन्त्री बनाउने पहललाई प्रदेश सभाले रोकेको छ । नाउपाले संसदीय दलको नेता फेरेको जनाएपनि प्रदेश सभाले मान्यता नदिएपछि रेशम चौधरीलाई धक्का पुगेको छ । प्रदेश सभाले बिहीवार उपलब्ध गराएको दलगत विवरणमा संसदीय दलको नेतामा धर्मबहादुर चौधरी नै नाउपाको संसदीय दलको नेता रहेका छन् । दलगत विवरणमा राजकुमार चौधरी प्रमुख सचेतक, नरमाया ढकाल सचेतक र निर्मलादेवी थारु प्रदेश सभा सदस्य रहेकी छन् । यसअघि संसदीय दलको नेताबाट धर्मबहादुर चौधरीलाई हटाएर राजकुमार चौधरीलाई तोकिएको विवरण सहितको पत्र गत ७ गते प्रदेश सभामा पेश गरिएको थियो । बहुमत सांसदको सोमबार बसेको बैठकले राजकुमार चौधरीलाई दल नेता बनाउने, प्रमुख सचेतकमा नरमाया ढकाल र सचेतकमा निर्मलादेवी थारूला...
कमला ह्यारिसलाई ओबामाको समर्थन

कमला ह्यारिसलाई ओबामाको समर्थन

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ११ श्रावण – अमेरिकी पुर्व राष्ट्रपति बाराक ओबामाले कमला ह्यारिसलाई राष्ट्रपति उम्मेदवारको रुपमा समर्थन गरेका छन् । ओबामाले सामाजिक सञ्जालमा ह्यारिससँग टेलिफोन कुराकानी गरेको भिडियो सार्बजनिक गर्दै आफु र मिचेल ओबामाको ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवारीमा पूर्ण समर्थन रहेको स्पष्ट गरेका छन् । ओबामाले नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा ह्यारिसले जित्ने विश्वास व्यक्त गरेका छन् । यस अघि जुलाई २१ मा राष्ट्रपति जो बाइडेन आफ्नो उम्मेदवारी फिर्ता लिएर ह्यारिसलाई राष्ट्रपतिको रुपमा समर्थन गरेपछि ओबामासहितका डेमोक्रेटिक नेताहरुले ह्यारिसलाई समर्थन गरेका थिएनन् । नेपाल पाना...
गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्ने बेला भयो, अब ढिलो नगरौ- कमल थापा

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्ने बेला भयो, अब ढिलो नगरौ- कमल थापा

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
भक्तपुर, ११ श्रावण – राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता सम्पुर्ण रोग,भोक, अशिक्षा, गरिबी र पछौटेपनको अचुक औषधि हो भन्ने भाष्य गलत साबित भएको भन्दै अब गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयताको ढिला नगरी बिकल्प खोज्ने बेला आएको बताएका छन् । राप्रपा नेपाल भक्तपुर जिल्ला समितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले अहिलेको राज्य ब्यबस्थाले मनपरीतन्त्र र लुटतन्त्रलाई प्रश्रय दिएको टिप्पणी गरे । व्यक्ति परिबर्तन गरेर समस्याको समाधान नहुने भन्दै थापाले बाटो परिबर्तन गर्नुपर्नेमा जोड दिए । ड्राइभर फेरेर ,बस परिबर्तन गरेर अहिलेको समस्या नहुने बाटो नै परिबर्तन गर्नुपर्ने भन्दै थापाले अहिले मुलुकमा चलिरहेको बेतिथी र बिकृतीको अन्त्य गर्न राप्रपा नेपालले अबलम्बन गरेको मार्गचित्र अनुसार मुलुकलाई अघि बढाउनु पर्ने जिकिर गरे । बेरोजगारी समस्या, धर्मपरिबर्तन, आर...