Thursday, February 13सत्यम खबर
Shadow

माओवादी सांसदको आरोप- भ्रष्टाचारका फाइल बन्द गर्न नयाँ गठबन्धन बन्यो

काठमाण्डौ, १४ साउन – नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले भ्रष्टाचारसम्बन्धी फाइल बन्द गर्न नयाँ गठबन्धन बनेको आरोप लगाएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै मोदीले वर्तमान सरकार गठन हुने बित्तिकै देखिएका गतिविधिले भ्रष्टाचारसम्बन्धी फाइल बन्द गर्न नयाँ गठबन्धन बनेको देखिएको बताएका हुन् ।

मोदीले भ्रष्टाचारका विभिन्न प्रकरणलाई अहिलेको गृहमन्त्रीले निरन्तरता दिनुहुन्छ की हुन्न भन्ने हेर्न बाँकी रहेको उल्लेख गरे ।

उनले भ्रष्टाचार र सुशासनका लागि आफ्नो पार्टी निरन्तर लाग्ने समेत बताए । त्यस्तै मोदीले ठूलो संघर्ष र बलिदानबाट नयाँ संविधान बनेको भन्दै कुनै अमुक पार्टीले संशोधन गर्न खोजे प्रतिरोध गर्ने चेतावनी दिए ।

उनले जनताको चाहाना, इच्छा र अधिकारलाई कसैले मार्न नपाइने बताए । खबरहब

Leave a Reply

Your email address will not be published. Required fields are marked *