
नेपालगन्ज, १४ साउन – जेसिज नेपालगन्जको आयोजनामा ‘२०२४ इमपाउरि· एसजी फुलि· द फ्युचर’ सम्बन्धी दुई दिने तालिम दिईएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामीको प्रमुख आतिथ्यतामा शुभाराम्भ गरिएको दुई दिने तालिममा सहभागीहरुलाई कसरी उच्च प्राथमिकता साथ आउने दिनमा सफल र सक्षम बनाउन सकिन्छ भन्ने बारे सिकाईएको जनाईएको छ ।
तालिममा माईनट कसरी लेखिन्छ, फ्रेम वार्क कसरी गरिनेछ, मिटि· कसरी बोलाउने, शाखालाई कसरी मजबुत बनाउन सकिन्छ लगायत विषय समेटिएको थियो भने तालिममा नेपाल जेसिजका ५६ एरिया डि टिमको शाखा तथा त्यसका ५६ जना महासचिवहरुलाई सहभागिता रहेको थियो भने अन्य नन एरिया डि बाट थप गरी १०० बढीको सहभागिता रहेको थियो ।
उक्त तालिमको आयोजना नेपाल जेसिजले गरेको थियो भने होस्ट नेपालगन्ज जेसिजले गरेको थियो । कार्यक्रमको अध्यक्षता नेपालगन्ज जेसिजका अध्यक्ष आदित्यकुमार गुप्ताले गरेका थियो । दुई दिने तालिम नेपालगन्ज स्थित होटल कल्पतरुमा सम्पन्न गरिएको थियो ।