Wednesday, September 17सत्यम खबर
Shadow

१५ महिलासहित ५० जनाले गरे रक्तदान

नेपालगन्ज, १९ साउन – दैलेखी समाज बाँके १९ औं स्थापना दिवस तथा १८ औं वार्षिकोत्सवको उपलक्ष्यमा १५ महिला सहित ५० जनाले शनिवार रक्तदान गरेका छन् ।


बि.सं. २०६३ सालमा स्थापति भएको दैलेखी समाज बाँके नेपालगज्जको आयोजना, ग्लोबल ओरियन्स नेपाल र ओय ट्र प्रोको सहआयोजनामा आयोजित रक्तदान कार्यक्रममा दैलेखी समाज बाँके नेपालगन्जका अध्यक्ष पूर्णदेव गिरी र कार्य समिति सदस्य पूर्णकुमारी थापाले प्राविधिक सन्दिप आचार्य, नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका कार्य समिति सदस्य मीनबहादुर मल्लले प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, ओय ट्र प्रो की सञ्चालक रितिका थारु, समाजका वरिष्ठ उपाध्यक्ष डिलबहादुर थापाले प्राविधिक निलम भुषाललाई रगत संकलन गर्ने पाकेट संयुक्त रुपमा हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।


दैलेखी समाज बाँकेका नेपालगञ्जका अध्यक्ष पूर्णदेव गिरी, समाजका वरिष्ठ उपाध्यक्ष डिलबहादुर थापाद्वारा सञ्चालित रक्तदान कार्यक्रममा हिरामणि दाहाल, संगिता गिरी, सुर्य कामी, भक्तबहादुर बोहरा, अमित चौधरी, श्याम गोपाल कठरिया, सन्देश परियार, पञ्च चौधरी, सुखिया चौधरी, किरण बुढा क्षेत्री, कमलराज गिरी, राकेश डगौरा, भिमप्रसाद तिमिल्सिना, सुदिप चौधरी, ओपिला बुडामगर, सुशान्त बैश्य, ओय ट्र प्रो की सञ्चालक रितिका थारु, सन्तोषकुमार बिक, दानिश कठरिया, सरोज केसी, नमबहादुर थापा, रबिन चौधरी, दिपक थारु, रामकुमार चौधरी, ईश्वर सोनी, दिपक शाही, बीना थापा, गीता देवकोटा, कृष्णप्रसाद चन्द, करुना परियार, कमला रावत, श्रष्टि थारु, सरिता कुमारी चौधरी, अञ्जु थारु, बिमला रावत, सुमन कुमारी थारु, निरज लम्साल, समर बिक, झरना चौधरी, नयन मल्ल, ललिता शाही, बिभु गिरी, निमबहादुर गिरी, सुशील थापामगर, प्रमेश थारु, लक्षमण सन्जयाल, जितेन्द्र गिरी लगायत ५० जनाले रक्तदान गरेका छन् ।

कार्यक्रममा प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, होमराज गिरी, सन्दिप आचार्य, निलम भुषाल, बीरेन्द्र योगी, केशर सिंह डाँगीले प्राविधिकमा सहयोग गरेका थिए भने कार्यक्रममा दैलेखी समाज बाँकेका आजीवन सदस्य डिल्लीप्रसाद न्यौपाने, ग्लोबल ओरियन्स नेपालका सञ्चालक सन्तोष चौधरी, दिनेश चौधरी, शतक रक्तदाता तथा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार पवन जायसवाल, समाजका पदाधिकारीहरुको सहभागिता रहेको थियो । आयोजक संस्थाले रक्तदाताहरुलाई प्रमाण–पत्र प्रदान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *