Monday, September 14सत्यम खबर
Shadow

नेपाल मानव धर्म सेवा समितिको आयोजित रक्तदान

नेपालगन्ज, २८ भदौ – बाँके जिल्लाको नेपालगन्जमा श्री सतपालजी महाराजको जन्मोत्सव दिवसको पावन अवसरमा नेपाल मानव धर्म सेवा समिति श्रीयाँक कृति आश्रम नेपालगन्जको आयोजनामा रक्तदान कार्यक्रममा महिला पुरुष गरी २९ जनाले शनिवार रक्तदान गरेका छन् ।

नेपालगन्ज नगरपालिका वार्ड नं.१८ कारकाँदौ स्थित नेपाल मानव धर्म सेवा समिति श्रीयाँक कृति आश्रम नेपालगन्जको सभा हलमा आयोजित रक्तदान कार्यक्रममा भेरी राप्ती क्षेत्र प्रभारी महात्मा चाँदना बाईजी लगायत प्रादेशिक रक्त सचार केन्द्र नेपालगन्जका प्राबिधिक प्रमुख उपेन्द्र रेग्मी, महेश दहितलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी उदघाटन गर्नु भएको थियो ।

नेपाल मानव धर्म सेवा समिति श्रीयाँक कृति आश्रम नेपालगन्जका अध्यक्ष तथा रक्तदान कार्यक्रमका संयोजक मंगल जिएमका अनुसार …रक्तदान जीवनदानÚ मूल नाराका साथ आयोजित रक्तदान कार्यक्रममा रक्तदान संकलन गर्नेहरुमा प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मी, होमराज गिरी, महेश दहित, लोकेश थारु, सञ्जय बढही र बीरेन्द्र योगीले प्राबिधिकमा सहयोग गरेका थिए । आयोजित रक्तदान कार्यक्रममा रोयल फिटिनेशका संचालक अमित मल्ल, एकता युवा क्लब पुरैनी–२२ का अध्यक्ष राजेश यादव, एटीएम न्यूजका सम्पादक अशोक थापामगर, उज्वल पोखरेल, लक्ष्मी गौतम, अमृत बुढा, प्रशान्त चन्द, लक्ष्मी भट्ट जैसी, अशोक थापा, प्रशान्त गुप्ता, बीरेन्द्र गहतराज, सुशान्त चन्द ठकुरी, प्रदिप बिष्ट, बिष्णु तमाङ्ग, श्याम सुन्दर, अञ्जली खडका, बाबुराम बोहरा, रेनुका भण्डारी, अञ्जन थापा, बसन्त शर्मा, अमृत पुनमगर, सिद्धान्त बोहरा, सन्देश शर्मा, धनराज धोबी, सोना कुमारी बिश्वकर्मा, पकंज शाही, पोशण मल्ल, श्रवण कुमार, बिजय खडका, अमन कनौजिया लगायत २९ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्ने ब्यक्तित्वहरुलाई प्रमाण–पत्र प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *