Friday, September 11सत्यम खबर
Shadow

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री पुनद्वारा अनुगमन तथा भ्रमण

नेपालगन्ज, २६ भदौ – आई.एन.एफ.नेपालद्वारा संचालित साइनिङ अस्पतालको अनुगमन तथा भ्रमण आउनु भएको लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री दिपेन्द्रकुमार पुनद्वारा अनुगमन तथा भ्रमण गरिएको छ ।

आई.एन.एफ.नेपालद्वारा संचालित साइनिङ अस्पताललाई अनुगमन गर्न आउनुभएको लुिम्बनी प्रदेश स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुनलाई आई.एन.एफ.नेपाल, बाँकेका अस्पताल लेप्रोसी इन्चार्ज मंगल बहादुर थारुले एक कार्यक्रमका बीच स्वागत गरेका छन् ।

स्वागत कार्यक्रममा १९ वर्षदेखि सेवा दिई रहनुभएका साइनिङ्ग अस्पताल, आई.एन.एफ.नेपाल बाँकेका प्रशासन अधिकृत नरेन्द्रबहादुर साउदद्वारा सञ्चालित कार्यक्रममा साइनिङ्ग अस्पताल, ३५ वर्षदेखि सेवा दिदैं आई रहनुभएका आई.एन.एफ.नेपाल, बाँकेका साइनिंग अस्पताल लेप्रोसी इन्चार्ज मंगलबहादुर थारुले लुिम्बनी प्रदेश स्वास्थ्य मन्त्री दिपेन्द्रकुमार पुनलाई साइनिङ्ग अस्पताल, आइ.एन.एफ.नेपाल बाँकेले दिई रहेको सेवा सुबिधा बारेमा जानकारी, दर्ता प्रक्रिया बारे जानकारी गराउनुभएको थियो । स्वासथ्य मन्त्री दिपेन्द्र कुमार पुनले कुष्टरोगी बिरामीहरुको निरीक्षण, नयाँ बन्न लागेको भवन, फार्मेसी लगायतको निरीक्षण गर्नुभएको थियो ।

æहामी प्रेम र सत्यनिष्टाका साथ उत्कृष्ट सेवा प्रदान गर्न प्रयासरत छौंÆ.आई.एन.एफ.नेपाल नेपालमा सन् १९५२ मा स्थापना भएको यो नेपालको पहिलो संस्था हो । नेपालगन्जमा १९९५ मा टिबी र कुष्टरोग क्लिनिकको रुपमा स्थापना भएको हो ।

बाँकेको जानकी गाउँपालिका वार्ड नं.३ मानपुर स्थित रहेको आई.एन.एफ.नेपालद्वारा संचालित साइनिङ अस्पतालले छाला, कुष्ठ तथा क्षयरोगका विरामीहरुको उपचार गर्दै आएको छ । आई.एन.एफ.नेपालद्वारा संचालित साइनिङ अस्पतालमा नेपालको विभिन्न जिल्लाहरुबाट र भारतको विभिन्न स्थानबाट कुष्टरोगका बिरामीहरुले सेवा लिन आई रहन्छन ।

नयाँ कुष्टरोगी १९३ जना बिरामीको पत्ता लागेको छ । बिभिन्न जिल्ला र भारतको विभिन्न जिल्लाका रहेको र धेरै जसो लुम्बिनी प्रदेश र कणली प्रदेशका रहेका छन् आई.एन.एफ.नेपाल, बाँकेका साइनिंग अस्पताल लेप्रोसी इन्चार्ज मंगल बहादुर थारुले बताएका छन् ।
कुष्ठरोगको उपचार राम्रोसंग भयो भने ठीक हुन्छ । बाँके जिल्ला एकदम जोखिममा रहेको छ । समुदायमा लेकेर बसेका कुष्ठरोगीको पत्ता लगाई उपचार गरेर निवारण गर्न सकिन्छ ।

कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य मन्तालयका टेकेम ओली, आई.एन.एफका शुभचिन्तक नारायण घर्ती, हाम्रो समाचार दैनिकका सम्पादक भेषराज बस्नेत, स्वास्थ्य कार्यालय बाँकेका जन स्वास्थ्य निरीक्षक मानव नेपाली, ललितपुरका डा. धु्रव घिमिरे, आई.एन.एफ.नेपाल, बाँकेका रामकृष्ण हुमागाई, प्रशासन तथा सम्पर्क याम बहादुर केसी, लोकेन्द्र बहादुर रोकाक्षेत्री, किशन सुवेदी, पदमा हितान, आशिष रानामगर, जेनिशा घले, जय बहादुर मल्ल, निर्दोष ढकाल, सुमन लामिछाने लगायतको सहभागिता रहेको थियो ।

आई.एन.एफ.नेपालका कार्यकारी निर्देशक कृष्णबहादुर अधिकारीको निमन्त्रणामा लुिम्बनी प्रदेश स्वास्थ्य मन्त्री दिपेन्द्रकुमार पुनद्वारा आई.एन.एफ.नेपाल बाँके, संचालित साइनिङ अस्पतालको अनुगमन तथा भ्रमण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *