
नेपालगन्ज, ३० भदौ – लामो समयदेखि राजनीतिमा सक्रिय नेपालगन्ज उपमहानगरपालिका–४ निवासी मोहम्मद रहिस हल्वाई जनता समाजवादी पार्टी -जसपा) नेपाल परित्याग गरी श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् ।
हल्वाईले श्रम संस्कृति पार्टीमा …श्रमदाता सहयोगी सदस्यÚ का रूपमा सदस्यता लिएका हुन् । उनलाई पार्टीका संगठन प्रमुख राजन राना मगरले सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका थिए ।

जसपाबाट राष्ट्रिय सभाको उम्मेदवारसमेत रहेका हल्वाईले श्रम, उत्पादन र आत्मनिर्भरतालाई राजनीतिको केन्द्रमा राख्ने अभियानप्रति आकर्षित भएर श्रम संस्कृति पार्टी रोजेको बताएका छन् । पार्टी प्रवेशपछि प्रतिक्रिया दिँदै उनले राजनीतिलाई केवल सत्ता र पदसँग जोड्नुभन्दा जनताको दैनिक जीवन, श्रम र उत्पादनसँग जोड्नुपर्ने धारणा व्यक्त गरे । æश्रम र उत्पादनमार्फत समाज र देश निर्माण गर्ने अभियानमा सक्रिय हुन चाहेकाले श्रम संस्कृति पार्टीसँग जोडिएको हुँ,Æ उनले भने ।
उनका अनुसार देशको आर्थिक तथा सामाजिक विकासका लागि उत्पादनमुखी राजनीति आवश्यक छ । श्रमलाई सम्मान गर्दै स्थानीयस्तरमै उत्पादन र आत्मनिर्भरतालाई बढावा दिन सके मुलुकको समग्र विकासमा योगदान पुग्ने उनको भनाइ छ । हर्कराज साम्पाङ राईको नेतृत्वमा रहेको श्रम संस्कृति पार्टीले श्रम र उत्पादनलाई राजनीतिको प्रमुख आधार बनाउँदै संगठन विस्तारलाई तीव्रता दिइरहेको जनाएको छ । पछिल्लो समय पार्टीले विभिन्न क्षेत्रका व्यक्तिलाई संगठनमा जोड्दै सदस्यता अभियानलाई समेत अघि बढाएको छ ।

संगठन प्रमुख राजन राना मगरले हल्वाईको प्रवेशले बाँकेमा पार्टीको संगठन विस्तारमा थप ऊर्जा मिल्ने बताए । उनका अनुसार पार्टीको विचार, नीति र अभियानप्रति आकर्षित भएर विभिन्न क्षेत्रका व्यक्तिहरू पार्टीसँग जोडिने क्रम बढिरहेको छ । æहल्वाईको प्रवेशले बाँकेमा संगठन विस्तारलाई थप व्यवस्थित र सशक्त बनाउन सहयोग पुग्ने विश्वास छ,Æ राना मगरले भने, æपार्टीको विचार र अभियानलाई जनस्तरसम्म पु¥याउँदै संगठन विस्तारलाई निरन्तरता दिनेछौं ।
हल्वाईको पार्टी प्रवेशसँगै बाँकेमा श्रम संस्कृति पार्टीको राजनीतिक गतिविधि र संगठन विस्तारले थप गति लिने अपेक्षा गरिएको छ ।
