नरैनापुर गाउँपालिका प्रमुख शाहको निर्देशनमा सोलार प्यानलबाट ५० लाख बढी रकम ठगी, ६ सय बढीले पाएनन सोलार प्यानल
नरैनापुर, २७ जेठ – भ्रष्टाचार र ठगीको अर्को नाम नरैनापुर गाउँपालिकालाई लिन सकिन्छ । केही दिन अगाडी मात्र शिक्षामा माफियाहरुको हाबी रहेको समाचार सत्यमखबर मार्फत प्रशारण गरिएको थियो । आज सोही शिक्षामा आबद्ध सज्जाक खाँको नाम पुनः सौर्य ऊर्जा सोलार प्यानलमा समेत मुछिएको छ ।सज्जाक खाँको भाईले आफ्नो वार्डबाट सोलार प्यानल वापत ५ हजारका दरले स्थानीयहरुसित पैसा संकलन गरी ठगी गरेका छन् । संधै विवादित कुराले गर्दा चर्चामा आईरहने बाँकेको नरैनापुर गाउँपालिका भ्रष्टाचारको अर्को एउटा घटना सार्वजनिक भएको छ । सो घटना ५ वर्ष अगाडी कै भएपनि हाल बृहत चर्चा हुन थालेको छ पीडितले न्याय नपाएपछि । गाउँपालिकाले सौर्य ऊर्जा उपलब्ध गराई दिने भन्दै पालिका भित्र १ हजार भन्दा बढी स्थानीयहरुसँग जनही ५०००।– को दरले पैसा ठगी गरेको पीडितहरुले बताएका छन् ।
oplus_0
गाउँपालिका प्रमुख ईस्तियाक अहमद शाहको निर्देशनमा ६ वटै ...









