परियोजना उपलब्धीमुलक भएको निष्कर्ष
बाँके,१० चैत्र । सानोतिनो सहयोगले पनि समस्यामा परेकाहरुको जीवनमा महत्वपुर्ण परिवर्तन गर्न सक्ने एककार्यक्रमाका सहभागीहरुले जोड दिएका छन । सामाजिक बिकास मञ्च बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको एक छलफल कार्यक्रमका सहभागीहरुले सो कुरामा जोड दिएका हुन । सेभ द चिल्ड्रेनको सहयोगमा नेपालगञ्जमा सञ्चालित युवा शशक्तिकरण (बुल्गारी)
परियोजनाबाट सहयोग पाएका बिद्यार्थी र लघुउद्यमीहरुको उपलब्धी अनुगमन पछिको छलफलमा सहभागी भएकाहरुले परियोजनाको सहयोगले शिक्षा क्षेत्रमा महत्वपुर्ण उपलब्धी भएको जिकिर गरेका थिए । सँस्थाको अध्यक्ष, कोषाध्यक्ष, सचिव तथा बोर्ड सदस्य लगागत सम्मिलत अनुगमन टोलीले नेपालगञ्जको बिभिन्न बिद्यालयका बिद्यार्थीहरुलाई गरेको सहयोगको उपलब्धी बारे अनुगमन गरेको सँस्थाका सल्लाहकार घनश्याम रिजाललले बताए ।
टोलीले सरस्वती माबिमा अध्ययनरत वडा नम्बर १२ कि काजल बाडिया मग्गल माबिमा अध्ययनरत वडा नम्ब...








