‘जनमत रक्तदानको ७० औँ श्रृङ्खला’ ः खजुरामा एक महिला सहित १७ जनाले गरे रक्तदान
नेपालगन्ज, १४ असार – æजनमत रक्तदान अभियानको ७० औं श्रृङ्खलाÆ मा खजुरामा सम्पन्न रक्तदान कार्यक्रममा एक जना महिला सहित १७ जनाले रक्तदान गरेका छन् । गोपाल–नीना फाउण्डेशन, नेपाल र जनमत अद्र्धसाप्ताहिकद्वारा आयोजना गरिएको उक्त त्रैमासिक रक्तदान कार्यक्रमको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका मेडिकल सुपरिन्टेन्डन्ट डा. नीरज भट्टराई, प्रखर परोपकार मिसन नेपालका संस्थापक अध्यक्ष किस्मत कुमार कक्षपति, अध्यक्ष महेन्द्र मल्लले रक्त सञ्चार केन्द्र खजुराका प्रमुख होम राज गिरी र प्राविधिक पुनम रानालाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी शुभारम्भ गरिएको हो ।
æरक्तदान जीवन दानÆको महान उद्देश्यका साथ जनमत अद्र्ध साप्ताहिकको रजत उत्सवको अवसरमा २०६३ साल वैशाख २९ गतेदेखि निरन्तर रुपमा सञ्चालन गर्दै आएको æत्रैमासिक जनमत रक्तदान कार्यक्रमको ७० औं श्रृङ्खलाÆ खजुरा क्षेत्रका स्वयम्सेवी रक्तदाताहरुको मा...









