Friday, July 31सत्यम खबर
Shadow

समाज

खजुरामा १८ लाख ४१ हजार लागतको प्रसुती गृह शिलान्यास

खजुरामा १८ लाख ४१ हजार लागतको प्रसुती गृह शिलान्यास

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
खजुरा, १० भाद्र – बाँकेको खजुरा गाउँपालिका वडा नं. ७ सोनपुरमा प्रसुती गृहको शिलान्यास गरिएको छ । सोनपुर स्वास्थ्य चौकी भवन परिसरमा आड्रा नेपालको प्राविधिक र इन्रुडेक कोहलपुरको आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त भवनको खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षतिले शिलान्यास गरेका हुन् । १८ लाख ४१ हजार लागत रहेको प्रसुती भवनको शिलान्यास गर्दै अध्यक्ष कक्षपतिले खजुरा वडा नं. ७ जहाँ मुस्लिम र मधेशी बाहुल्य बस्ती छ त्यहाँ निर्माण हुन लागेको भवन उपयोगी हुने बताए । खजुरालाई स्वास्थ्यको हव बनाउन गाउँपालिका अग्रसर हुँदा आधारभूत स्वास्थ्य सेवादेखि विशेषज्ञ सेवा उपलब्धतामा खजुरा अगाडि बढ्दै गएको अध्यक्ष कक्षपतिले उल्लेख गरे ।खजुरा गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष अतिउल्ला खानले सोनपुर स्वास्थ्य चौकीमा विभिन्न स्वास्थ्य उपकरणको अभाव रहेकाले सहयोगका लागि आग्रह गरे । इन्रुडेकका अध्यक्ष धर्मला...
कपडाको मास्क लगाउने र व्यवस्थापन गर्ने ९ तरिका

कपडाको मास्क लगाउने र व्यवस्थापन गर्ने ९ तरिका

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाज
कोरोना भाइरसको संक्रमण फैलिरहेको समयमा विज्ञहरुले सबैलाई अनिवार्य रुपमा मास्क प्रयोग गर्न सुझाव दिइरहेका छन् । सकेसम्म सर्जिकल मास्क प्रयोग गर्ने र सर्जिकल मास्क नभएमा कपडाको भए पनि मास्क प्रयोग गर्न विज्ञको सुझाव छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि सकेसम्म घरबाहिर ननिस्कन र निस्कनै परेमा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न जोड दिएको छ । मन्त्रालयले मास्क प्रयोग गर्ने तरिकाका विषयमा पनि जानकारी दिँदै आइरहेको छ ।मन्त्रालयले सर्जिकल र कपडाको मास्क लगाउने तरिका र व्यवस्थापनका विषयमा पनि सुझाव सार्वजनिक गर्दै आइरहेको छ । यहाँ कपडाको मास्क लगाउने तरिका र त्यसको व्यवस्थापनका विषयमा जानकारी दिइएको छ । कपडाको मास्क लगाउने तरिका१. मिचिमिची कम्तीमा २० सेकेन्ड साबुन–पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने ।२. मास्क च्यातिएको छ कि छैन वा सफा छ कि छैन हेर्ने ।३. मास्क लगाउँदा ड...
महामारी र लकडाउनबारे बुझ्नुपर्ने दुईवटा पाटा

महामारी र लकडाउनबारे बुझ्नुपर्ने दुईवटा पाटा

बिचार, समाज
– वीरेन्द्रबहादुर बस्नेत कोभिड–१९ महामारीबारे हामी सबैले बुझ्नुपर्ने दुईवटा पाटा छन् ःपहिलो, यो महामारी केही वर्षसम्म रहिरहने छ । विश्व स्वास्थ्य संगठनका प्रमुखले पनि थप दुई वर्ष लाग्ने बताएका छन् । यसको भ्याक्सिन निस्के पनि सम्पूर्ण देशवासीले लगाइसक्न निकै समय लाग्ने देखिन्छ । दोस्रो, यो महामारीको समाधान निषेधाज्ञा र लकडाउन मात्र होइन । सम्पूर्ण देशवासीले भ्याक्सिन नलगाएसम्म पूर्ण उन्मूलन भयो भनेर भन्नै सकिन्न ।हामीकहाँ संक्रमण बढ्नेबित्तिकै लकडाउन गरिन्छ, जुन पछिल्लो पाँच महिनादेखि हामीले भोगिरहेका छौं । लकडाउन भनेको रोकथामका उपाय अपनाउने, अस्पताल, चिकित्सकको थप व्यवस्थापन, आइसोलेसन सेन्टर, जनजागरण कार्यक्रम आदिका लागि हो । अहिलेसम्म १२ अर्ब रूपैयाँभन्दा बढी खर्च भइसकेको छ । तर परिणाम खासै देखिएको छैन ।यसको मार हाम्रो अर्थतन्त्रले खेप्नुपर्नेछ । हाम्रा पछिल्ला आर्थिक सूचकांकहरू हेर्दा...
पूर्वमन्त्री राईद्वारा उपमहानगरलाई बहस गर्न खुला चुनौति

पूर्वमन्त्री राईद्वारा उपमहानगरलाई बहस गर्न खुला चुनौति

प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १० भाद्र – कोभिड–१९ जस्तो भयावह महामारीको बेला अति आवश्यक उपकरण भेन्टिलेटर खरिद गर्न नेपालगन्ज उपमहानगरपालिका मार्फत भेरी अस्पताललाई प्रदान गरिएको डेढ करोड रुपैयाँको रकम निकासा माग गर्न बेवास्ता गरेर रकम फ्रिज गराउने उपमहानगरपालिकाले आफ्नो कमी कमजोरी ढाकछोप गर्न विज्ञप्ती जारी गरेकोमा पूर्वमन्त्री एवं बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य मोहम्मद ईस्तियाक राईको गम्भिर ध्यानाकर्षण भएको जनाउँदैन….. https://www.youtube.com/watch?v=4qaIuVAlRJk...
पूर्वमन्त्री राईद्वारा उपमहानगरलाई बहस गर्न खुला चुनौति

पूर्वमन्त्री राईद्वारा उपमहानगरलाई बहस गर्न खुला चुनौति

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १० भाद्र – कोभिड–१९ जस्तो भयावह महामारीको बेला अति आवश्यक उपकरण भेन्टिलेटर खरिद गर्न नेपालगन्ज उपमहानगरपालिका मार्फत भेरी अस्पताललाई प्रदान गरिएको डेढ करोड रुपैयाँको रकम निकासा माग गर्न बेवास्ता गरेर रकम फ्रिज गराउने उपमहानगरपालिकाले आफ्नो कमी कमजोरी ढाकछोप गर्न विज्ञप्ती जारी गरेकोमा पूर्वमन्त्री एवं बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य मोहम्मद ईस्तियाक राईको गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम अन्तर्गत बाँकेको क्षेत्र नम्बर २ मा छनौट गरिएका योजनाहरु मध्ये दुईवटाको ठेक्का हुन नसक्दा र एउटा सम्झौता नै हुननसक्दा खर्च नभएको डेढ करोडको योजनालाई स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम निर्देशक समितिको २०७७ असार १४ गतेको बैठकबाट शंसोधन गरी सोही दिन नै कोलेनिका तथा नेपालगन्ज उपमहानगरपालिकालाई असार १५ गते कार्यालय खुल्न...
श्री श्री श्री १००८ हिरामान हरि गिरी (नागाबाबा) को अन्तिम बिदाई ११ः५५ बजे

श्री श्री श्री १००८ हिरामान हरि गिरी (नागाबाबा) को अन्तिम बिदाई ११ः५५ बजे

धार्मिक, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १० भाद्र – श्री श्री श्री १००८ हिरामान हरि गिरी (हरि शंकर नागा बाबा) को ८७ वर्षको उमेरमा देहअवसान भएको छ । मंगलबार दिउँसो १ बजेर १५ मिनेटमा नेपालगन्जस्थित हनुमत गौशालामा आप्mनो पाँच तत्वको शरीर मंगलबार त्याग गरी ब्रह्मलिन हुनुभएको थियो ।आज बुधबार उहाँको पार्थिव शरीरलाई भक्तजनहरुले हनुमानगढी परिक्रमा गराई अन्तिम बिदाई दिने श्रद्धालु मदनराज शर्माले बताउनुभयो । श्री श्री श्री १००८ हिरामान हरि गिरी (नागाबाबा) को अन्तिम बिदाईको तयारीमा खटिकाएका श्रद्धालु भक्तजनहरु । तस्वीर: सत्यमखबर श्रद्धालु शर्माका अनुसार बुधबार बिहान १०ः४५ मा हनुमन गौशालाबाट हनुमानगढी मन्दिरसम्म परिक्रममा गराई पुनः हनुमन गौशालामा ११ बजेर ५५ मिनेटमा उहाँलाई धार्मिक विधिविधान अनुसार अन्तिम बिदाई गरिने बताउनुभयो ।श्री श्री श्री १००८ नागा बाबा गत जेष्ठ १५ गते ब्रेन ह्यामरेज भएपछि हालसम्म उपचार कै क्रममा हुनुहुन्...
अपडेटः थप एकको मृत्यु, ६ जना संक्रमण मुक्त भई घर फर्कदैं

अपडेटः थप एकको मृत्यु, ६ जना संक्रमण मुक्त भई घर फर्कदैं

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १० भाद्र – कोरोना संक्रमण पुष्टि भएका बाँकेका थप एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भइ अस्पतालमा उपचार गराईरहेका नेपालगन्जका वडा नं. १ का ३७ वर्षीय पुरुषको मंगलबार मध्यराती १ः३० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार मृतकको दुबै फोक्सोमा निमोनिया भएको तथा ८ गते बिहान १० बजे छातीको समस्याबाट भर्ना भएका र निजको कोभिड–१९ परिक्षणको क्रममा कोरोना पोजेटिभ देखिएको थियो तथा उनको उपचार कोहलपुर मेडिकल कलेजमा भेन्टिलेरसहित गरिएको तर बिरामीको अवस्थामा सुधार नआए पश्चात राती १ः३० बजे मृत्यु भउको अस्पताल स्रोतले पुष्टि गरेको बताइएको छ ।यो संगै बाँकेमा मृत्यु हुनेको संख्या २ महिला सहित ५ पुगेको छ । यसअघि जिल्लाको नरैनापुर गाउँपालिकाका १ युवा, बैजनाथ गाउँपालिकाका १ युवती र १ बृद्ध महिला र नेपालगन्जका १ पुरुषको ...
उद्योग वाणिज्य संघद्वारा साढे पाँच लाख सहयोग

उद्योग वाणिज्य संघद्वारा साढे पाँच लाख सहयोग

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ९ भाद्र – नेपालगन्ज उद्योग वाणिज्य संघले भेरी अस्पतालमा कोभिड–१९ बिशेष अस्पताल निर्माणका लागि ५ लाख ५१ हजार आर्थिक सहयोग गरेको छ ।मंगलवार संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले कोभिड–१९ बिशेष अस्पतालका प्रमुख डा.श्यामसुन्दर यादवलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको छ । सामाजिक उत्तरदायित्व बहन गर्दै संघले आर्थिक सहयोग गरेको अध्यक्ष मन्सुरीले बताउनुभयो । कोभिड–१९ संकट समाधानका लागि बाँकेका निजी क्षेत्र सक्रियतापूर्वक लागेको स्मरण गर्दै अध्यक्ष मन्सुरीले आगामी दिनमा पनि अभियान जारी रहने जानकारी गराउनुभयो ।अस्पताल निर्माणका लागि आर्थिक सहयोग गरेकोमा कोभिड बिशेष अस्पतालका प्रमुख डा.यावदले धन्यवाद दिनुभयो ।त्यस्तै बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले बाँकेमा कोरोना संकट समाधानमा निजीक्षेत्रको महत्वपूर्ण भूमिका निभाएको भन्दै प्रशंसा गर्नुभयो । उहाँले स्वास्थ्य ...
मोहर्रम पर्व घर मै बसी मनाउन अनुरोध

मोहर्रम पर्व घर मै बसी मनाउन अनुरोध

धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ९ भाद्र – विश्वमा कोभिड–१९ को महामारी फैलिएको बेला बाँकेका मुस्लिम धर्मावलम्बीहरुले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी यसपटकको मोहर्रम पर्व घर मै बसी मनाउने निर्णय सार्वजनिक गरेका छन् ।मंगलबार पत्रकार सम्मेलनमार्फत सबैलाई जानकारी हुने गरी बाँके जिल्लामा रहेका सम्पूर्ण मुस्लिम धर्मावलम्बीहरुलाई नेपाल सरकारको गाईड लाईन अनुसार यसपटकको मोहर्रम पर्व घर मै बसी मनाउन अनुरोध गरेका छन् । नेपाल मोहर्रम तथा संरक्षण समितिका प्रवक्ता एवम् नेकपा (एमाले)का नेता मोहम्मद हारुनले यो महिना हजरत हसन र हजरत हुसैनले सत्यको लागि आफ्नो सम्पूर्ण परिवार सहित सहादत दिएका कारणले यो यादगारे हुसैन महिनाको रुपमा मनाउँदै आएका छौं । यस महिनामा हाम्रो समुदायको तर्फबाट हुने सम्पूर्ण जुलुसको कार्यक्रम स्थगित गरिएको सबैमा जानकारीको लागि अनुरोध गरेका छन् ।पत्रकार सम्मेलनमा नेता हारुनले आज श्री श्री १००...
अपडेटः आज २ महिलासहित ९ जनामा संक्रमण पुष्टि

अपडेटः आज २ महिलासहित ९ जनामा संक्रमण पुष्टि

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ९ भाद्र – भेरी अस्पताल नेपालगन्जमा गरिएको पिसिआर परीक्षणमा थप १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा चार सय नमुना परीक्षण गरिएकोमा बाँकेका ९ जना र बर्दियाका ६ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।आज मंगलवार थप भएका संक्रमितमा डाक्टरदेखि बैंकका कर्मचारी समेत रहेका छन् । भेरी अस्पतालका फिजिसियन, नेपालगन्ज शिक्षण अस्पतालका चिकित्सकदेखि एभरेष्ट बैंक नेपालगन्जका कर्मचारीमा समेत भाइरस संक्रमण पुष्टि छ । भेरी अस्पतालबाट लिइएको नमुनामा ३ जना, नेपालगन्ज मेडिकल कलेजबाट लिइएको नमुनामा २ जनामा पोजेटिभ पुष्टी भएको रिपोर्ट आएको छ ।एभरेष्ट बैंकका २ जना कर्मचारीमा पनि भाइरस पोजेटिभ पुष्टि भएको छ । वडा प्रहरी कार्यालयका १ जना प्रहरीमा समेत भाइरस संक्रमण पुष्टि हुँदा अर्का नेपालगन्ज वडा नं.९ का ३१ बर्षीय पुरुष रहेका छन् ।बर्दियाको ठाकुरबाबा नगरपालिकाका ४ जना, बढैयात...