Friday, May 1सत्यम खबर
Shadow

अपडेटः शुक्रबार १५ जनामा कोरोना पुष्टि

नेपालगन्ज, १० भाद्र – बाँके जिल्लामा शुक्रबार ९ महिला, ६ पुरुष गरी १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगन्जमा भएको पिसिआर परीक्षणबाट शुक्रबार एकैदिन १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार ९ महिला ६ पुरुष गरि जम्मा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको आफ्नो स्टेटसमार्फत जानकारी गराउनुभयो ।
फोकल पर्सन श्रेष्ठका अनुसार जिल्लामा यो सँगै ९ सय ७१ जना संक्रमितहरुको पुगेका छन् भने २ सय ७२ जना उपचाररत रहेका छन् । जस मध्ये ६ सय ९३ जना उपचार पछि निको भई घर फर्किसकेका छन् । जस मध्ये ३ महिला सहित ६ जनाको मृत्यु भईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *