Wednesday, April 29सत्यम खबर
Shadow

आज २२ जना डिस्चार्ज भई घर फर्किने

नेपालगन्ज, ११ भाद्र – आज बिहीबार बाँके जिल्लामा २२ जना डिस्चार्ज भई घर फर्केका छन् । जन स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका विभिन्न आइसोलेसन सेन्टरमा रहेकाहरु मध्ये २२ जना डिस्चार्ज भई घर फर्किने छन् ।


खुल्ला कारागार, होटेल सिटि प्यालेस, कृषि तालिम केन्द्र खजुरा, लायन्स डेन्टल अस्पताल, शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल र प्राथमिक स्वास्थ्य चौकी बैजनाथबाट गरी ९ जना महिला र १२ जन पुरुष आज विहिबार घर फर्किने जन स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी गराउनुभयो ।
फोकल पर्सन श्रेष्ठका अनुसार डिस्चार्ज हुनेहरुमा २२ वर्षदेखि ७० वर्षसम्मका व्यक्तिहरु रहेका छन् । यो सँगै जिल्लामा भेटिएका संक्रमित मध्ये ६ सय ८२ जना डिस्चार्ज भइसकेका छन् ।
बुधबार साँझसम्म्म भेटिएका जम्मा ९२० संक्रमित मध्ये २ महिला सहित ५ जनाको मृत्यु भईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *