Friday, July 31सत्यम खबर
Shadow

समाज

बिहिबार देशभर एक हजार दुई सय छियालिस जनामा कोरोना संक्रमण

बिहिबार देशभर एक हजार दुई सय छियालिस जनामा कोरोना संक्रमण

शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २५ भाद्र – पछिल्लो २४ घण्टामा देशभर १ हजार २ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । बिहिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो जानकारी गराउनुभयो । देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४ सय ४८ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार १० रहेका छन् भने होम आइसोलेशनमा ६ हजार ४ सय ३८ जना रहेका छन् ।यस्तै हालसम्म ७१ प्रतिशत संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार ८ सय १८ जना कोरोना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ३५ हजार ७ सय पुगेको छ । यस्तै आज ११ हजार १ सय ४४ जनाको पीसीआर परीक्षण भएको छ ।८ लाख बढीको पीसीआर परीक्षण हुँदा कोरोनाले मृत्यु हुनेको संख्या भने ३ सय १७ पुगेको छ । कोरोनाबाट आज थप ५ जनाको मृत्यु भएको छ ।...
भरतपुर अस्पतालको मेसुमा डा. पाण्डे नियुक्त

भरतपुर अस्पतालको मेसुमा डा. पाण्डे नियुक्त

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २५ भाद्र – नेपालगन्ज भेरी अस्पतालमा कार्यरत रहेका कन्सलटेण्ट फिजिशीयन डा. राजन पाण्डेलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भरतपुर अस्पतालको मेसुका रुपमा बिहिबार नियुक्त गरेको छ ।स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बुधबार डा. पाण्डेलाई मेसुको जिम्मा दिने निर्णय गरेका थिए । मन्त्रालयको कर्मचारी प्रशासनले मन्त्री स्तरीय निर्णय अनुसारको पत्र बिहीवार डा. पाण्डेलाई दिएको छ । भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट रहेको डा. श्रीराम तिवारी कोरोना संक्रमितको उपचारमा खटिँदा आफैं संक्रमित भएका थिए ।नवनियुक्त मेसु डा. पाण्डे ११ औं तहका प्रमुख कन्सलटेण्ट जनरल फिजिशीयन हुन् । डा. पाण्डे पनि नेपालगन्जमा सेवारत रहँदा कोरोना संक्रमित भएका थिए । हाल डा. पाण्डे र डा. तिवारी दुवैजना कोरोना संक्रमणमुक्त भइसकेका छन् ।...
भेरीमा विशेष कोरोना अस्पताल सञ्चालन

भेरीमा विशेष कोरोना अस्पताल सञ्चालन

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २५ भाद्र – भेरी अस्पतालमा ७२ बेडको कोरोना बिशेष अस्पताल विहिबारदेखि सञ्चालनमा आएको छ । बिहीबार प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले कोरोना बिशेष अस्पतालको उद्घाटन गरेका छन् ।भेरी अस्पतालमा कोरोना बिशेष अस्पताल सञ्चालन गर्नका लागि सबैतिरबाट सहयोगको अपिल गरिएको थियो । सोही अपिलपछि भएको सहयोगबाट ७ बेड आइसियु सुबिधा सहित ७२ बेडको बिशेष अस्पताल सञ्चालनमा आएको छ । अहिलेलाई ७२ बेडको बनाइए पनि सय बेडमा रुपान्तरण गर्ने कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक एंव प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी गराउनुभयो ।बाँकेको खजुरास्थित शुशिल प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष अस्पतालमा बेड अभाव तथा दिगो व्यवस्थापनको समस्यापछि भेरी अस्पतालमा कोरोना बिशेष अस्पताल बनाउने निर्णय गरिएको थियो । सोही निर्णय बमोजि प्रमुख जिल्ला अधिकारीको अग्रसरतामा...
अपडेटः ३ महिलासहित १८ जना कोरोना संक्रमित

अपडेटः ३ महिलासहित १८ जना कोरोना संक्रमित

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २५ भाद्र – बाँकेमा विहिबार ३ महिलासहित १८ जना कोरोना संक्रमण देखिएको छ । भेरी अस्पताल नेपालगन्जद्वारा आज विहिबार जारी गरिएको विवरण अनुसार बर्दिया १ जना, दाङ १ जना, महेन्द्रनगर १ जना रहेका छन् भने बाँकेका १५ जना गरी जम्मा १८ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म बाँके जिल्लामा १ हजार ३ सय ६३ जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि ९ सय ५१ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ४ सय ४ जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।उहाँले बाँकेमा बिरामी निको हुने प्रतिशत ६९.७७ रहेको छ भने बिरामी मृत्यु दर ०.५९ प्रतिशत रहेको बताउँदै बाँकेमा रोग प्रकोप दर ०.२३ प्रतिशत मात्र रहेको बताउनुभयो । यसअघि ४ महिलासहित ८ जनाको मृत्यु भईसकेको समेत बताउनुभयो ।...
अलपत्र काम अगाडी बढाउन अदालतले सहजीकरण गरिदिनुपर्ने उपभोक्ताको माग

अलपत्र काम अगाडी बढाउन अदालतले सहजीकरण गरिदिनुपर्ने उपभोक्ताको माग

प्रदेश ५, समाचार, समाज
राप्तीसोनारी, २५ भाद्र – राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ३ र ४ मा अलपत्र बिद्युतीकरणको कामलाई अगाडी बढाउन अदालतले सहजीकरण गरिदिनुपर्ने उपभोक्ताले माग गरेका छन् । ठेकेदार कम्पनी ‘उष्मा÷गौरी पार्वती जेभी’ले २०६९ चैत २१ गते सम्झौता गरेपनि अहिलेसम्म उक्त वडामा काम सुरु गरेको छैन । ठेक्काको म्याद गुज्रिएपनि ठेकेदारले तुलसीपुर उच्च अदालत नेपालगन्ज इजलासमा उल्टै मुद्दा हालेपछि प्राधिकरणले कुनै प्रक्रिया सुरु गरेको छैन । मुद्दा विचाराधिन रहेका कारण बिद्युतीकरणको काम अलपत्र परेपछि बर्षौदेखी अध्यारोमा बस्न बाध्य भएका राप्तीपारीका उपभोक्ताले विकास निर्माणको काममा अदालत बाधक बन्न नहुने तर्क गरेका हुन् । राप्तीसोनारी गाउँपालिकाले बुधबार कार्यालयको सभाहलमा गरेको छलफलमा उपस्थित भएका अधिकांस उपभोक्ताले बर्षौसम्म काम अलपत्र पारेको ठेकेदारले हालेको मुद्दालाई अदालतले समयमै टुंग्याउनुपर्ने र आफुहरु...
पाँच वर्षदेखि फरार अभियुक्त पक्राउ

पाँच वर्षदेखि फरार अभियुक्त पक्राउ

अपराध, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, २५ भाद्र – विभिन्न मुद्दामा फरार रहँदै आएका अभियुक्तहरुलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा कुन्ने तेली भनिने अलि हुसेन तेली, कनउ खाँ र बब्बु भनिने मोहम्मद सफिक खाँ रहेका छन् ।जिल्ला अदालत बाँकेबाट गौबध मुद्दामा २०७२ चैत्र १० गते फैसला भई १२ वर्ष कैद सजाय पाएका अलि हुसेन तेली फरार रहँदै आएका थिए । तर प्रहरीको सक्रियताले खजुरा गाउँपालिका वडा नं. ७ बाट उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धनौलीका ईन्सपेक्टर पोषणराज थपलियाले बताउनुभयो । साविकको सोनपुर गाविस वडा नं. ८ हाल खजुरा गाउँपालिका वडा नं. ७ गुनाहना बस्ने ३१ वर्षका अलि हुसेन तेलीलाई पक्राउ गरी जिल्ला अदालत बाँकेमा उपस्थित गराईएको इलाका प्रहरी कार्यालय धनौलीका ईन्सपेक्टर थपलियाले बताउनुभयो ।यसैगरी, खजुरा गाँउपालिका ८ का २५ वर्षिय कनउ खाँ र सोही ठाँउ बस्ने २६ वर्षिय बब्लु भन्ने मोहम्मद सफिक खाँलाई समेतलाई इलाका प...
अपडेटः बाँकेमा आज १४ महिलासहित ३६ जना घर फर्किदै

अपडेटः बाँकेमा आज १४ महिलासहित ३६ जना घर फर्किदै

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २५ भाद्र – जिल्लाका विभिन्न आईसोलेसनमा रहेका १४ महिलासहित ३६ जना निको भएर घर फर्किने भएका छन् ।भाद्र ११ गते कोरोना संक्रमित देखिएका उनीहरु आज विहिबार डिस्चार्ज भई घर फर्किने भएको स्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो । हालसम्म बाँके जिल्लामा १ हजार ३ सय ४५ जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि ९ सय ५१ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ३ सय ९१ जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।उहाँले बाँकेमा बिरामी निको हुने प्रतिशत ७०.७१ रहेको छ भने बिरामी मृत्यु दर ०.५९ प्रतिशत रहेको बताउँदै बाँकेमा रोग प्रकोप दर ०.२२ प्रतिशत मात्र रहेको बताउनुभयो । यसअघि ४ महिलासहित ८ जनाको मृत्यु भईसकेको समेत बताउनुभयो ।...
अपडेटः बाँकेमा ५२ जना कोरोना संक्रमित थपिंदै

अपडेटः बाँकेमा ५२ जना कोरोना संक्रमित थपिंदै

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २४ भाद्र – बाँकेमा बुधबार ठुलो संख्यामा कोरोना संक्रमण देखिएको छ । भेरी अस्पताल नेपालगन्जद्वारा आज बुधबार जारी गरिएको विवरण अनुसार बाँकेका ५२ र बर्दियाका ६ जना गरी जम्मा ५८ जनामा कोरोना संक्रमण देखिएको छ ।संक्रमित मध्ये उच्च अदालत तुलसीपुर ईजलाशका १२ जना कर्मचारी सहित मुक्तीनाथ विकास बैंकका कर्मचारी समेत रहेका छन् । मंगलबारको तुलनामा बुधबार बाँकेमा ठुलो मात्रामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।पछिल्लो २४ घण्टाभित्र ७ सय ३७ जनाको स्वाव परिक्षण गरिएकोमा ५८ जनामा संक्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ । हालसम्म बाँके जिल्लामा १ हजार ३ सय ३० जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि ९ सय १५ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ३ सय ५४ जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।उहाँले बाँकेमा बिरामी निको हुने...
अपडेटः बाँकेमा आज ७७ जना घर फर्किदै

अपडेटः बाँकेमा आज ७७ जना घर फर्किदै

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २४ भाद्र – जिल्लाका विभिन्न आईसोलेसनमा रहेका ५ महिलासहित ७७ जना निको भएर घर फर्किने भएका छन् ।भाद्र १० गते कोरोना संक्रमित देखिएका उनीहरु आज बुधबार डिस्चार्ज भई घर फर्किने भएको स्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो । हालसम्म बाँके जिल्लामा १ हजार २ सय ७२ जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि ९ सय १५ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ३ सय ५४ जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।उहाँले बाँकेमा बिरामी निको हुने प्रतिशत ७१.९३ रहेको छ भने बिरामी मृत्यु दर ०.६३ प्रतिशत रहेको बताउँदै बाँकेमा रोग प्रकोप दर ०.२१ प्रतिशत मात्र रहेको बताउनुभयो । यसअघि ४ महिलासहित ८ जनाको मृत्यु भईसकेको समेत बताउनुभयो ।...
बाँकेमा कोरोना संक्रमित मृत्युदर बढ्दो, थप एकको मृत्यु

बाँकेमा कोरोना संक्रमित मृत्युदर बढ्दो, थप एकको मृत्यु

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २३ भाद्र– आज मंगलबार थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज–१६ निवासी ८० वर्षिय महिला लामोसमयदेखि मधुमेह र उच्चरक्तचापको समस्याबाट ग्रस्त रहँदै आएको पारिवारिक स्रोतले जनाएको छ । ८० वर्षीया मृतक महिलाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मंगलबार बिहान सात बजे मृत्यु भएको जनाइएको छ । मृत्यु भएपछि पिसिआर परीक्षण रिर्पोट पोजेटिभ देखिएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी गराउनुभयो । मृतक महिलामा २१ गते साँझबाट स्वास्थ्यमा समस्या भएपछि मेडिकल कलेज नेपालगन्जमा भर्ना गरिएको थियो । मृतक महिलालाई कोरोना संक्रमणको आशंका पश्चात २२ गते बिहान स्वाब संकलन गरि परीक्षणका लागि भेरी अस्पताल पठाइएको थियो र आज मंगलबार दिउँसो मृत्यु पश्चात आएको परीक्षण रिर्पोटमा पोजेटिभ देखिएको छ ।योसँगै बाँकेमा ४ महिलासहित ८ जना कोरोना संक्रमितहरुको मृत्यु भइएको छ ।...