Sunday, November 24सत्यम खबर
Shadow

बाँकेमा कोरोना संक्रमित मृत्युदर बढ्दो, थप एकको मृत्यु

नेपालगन्ज, २३ भाद्र– आज मंगलबार थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज–१६ निवासी ८० वर्षिय महिला लामोसमयदेखि मधुमेह र उच्चरक्तचापको समस्याबाट ग्रस्त रहँदै आएको पारिवारिक स्रोतले जनाएको छ ।


८० वर्षीया मृतक महिलाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मंगलबार बिहान सात बजे मृत्यु भएको जनाइएको छ । मृत्यु भएपछि पिसिआर परीक्षण रिर्पोट पोजेटिभ देखिएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी गराउनुभयो ।


मृतक महिलामा २१ गते साँझबाट स्वास्थ्यमा समस्या भएपछि मेडिकल कलेज नेपालगन्जमा भर्ना गरिएको थियो । मृतक महिलालाई कोरोना संक्रमणको आशंका पश्चात २२ गते बिहान स्वाब संकलन गरि परीक्षणका लागि भेरी अस्पताल पठाइएको थियो र आज मंगलबार दिउँसो मृत्यु पश्चात आएको परीक्षण रिर्पोटमा पोजेटिभ देखिएको छ ।
योसँगै बाँकेमा ४ महिलासहित ८ जना कोरोना संक्रमितहरुको मृत्यु भइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *