
काठमाण्डौ, २५ भाद्र – पछिल्लो २४ घण्टामा देशभर १ हजार २ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । बिहिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो जानकारी गराउनुभयो ।

देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४ सय ४८ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार १० रहेका छन् भने होम आइसोलेशनमा ६ हजार ४ सय ३८ जना रहेका छन् ।
यस्तै हालसम्म ७१ प्रतिशत संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार ८ सय १८ जना कोरोना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ३५ हजार ७ सय पुगेको छ । यस्तै आज ११ हजार १ सय ४४ जनाको पीसीआर परीक्षण भएको छ ।
८ लाख बढीको पीसीआर परीक्षण हुँदा कोरोनाले मृत्यु हुनेको संख्या भने ३ सय १७ पुगेको छ । कोरोनाबाट आज थप ५ जनाको मृत्यु भएको छ ।
