Tuesday, March 31सत्यम खबर
Shadow

अपडेटः बाँकेमा ५२ जना कोरोना संक्रमित थपिंदै

नेपालगन्ज, २४ भाद्र – बाँकेमा बुधबार ठुलो संख्यामा कोरोना संक्रमण देखिएको छ । भेरी अस्पताल नेपालगन्जद्वारा आज बुधबार जारी गरिएको विवरण अनुसार बाँकेका ५२ र बर्दियाका ६ जना गरी जम्मा ५८ जनामा कोरोना संक्रमण देखिएको छ ।
संक्रमित मध्ये उच्च अदालत तुलसीपुर ईजलाशका १२ जना कर्मचारी सहित मुक्तीनाथ विकास बैंकका कर्मचारी समेत रहेका छन् । मंगलबारको तुलनामा बुधबार बाँकेमा ठुलो मात्रामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।
पछिल्लो २४ घण्टाभित्र ७ सय ३७ जनाको स्वाव परिक्षण गरिएकोमा ५८ जनामा संक्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ ।


हालसम्म बाँके जिल्लामा १ हजार ३ सय ३० जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि ९ सय १५ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ३ सय ५४ जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।
उहाँले बाँकेमा बिरामी निको हुने प्रतिशत ७१.९३ रहेको छ भने बिरामी मृत्यु दर ०.६३ प्रतिशत रहेको बताउँदै बाँकेमा रोग प्रकोप दर ०.२१ प्रतिशत मात्र रहेको बताउनुभयो । यसअघि ४ महिलासहित ८ जनाको मृत्यु भईसकेको समेत बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *