Sunday, April 26सत्यम खबर
Shadow

भरतपुर अस्पतालको मेसुमा डा. पाण्डे नियुक्त

नेपालगन्ज, २५ भाद्र – नेपालगन्ज भेरी अस्पतालमा कार्यरत रहेका कन्सलटेण्ट फिजिशीयन डा. राजन पाण्डेलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भरतपुर अस्पतालको मेसुका रुपमा बिहिबार नियुक्त गरेको छ ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बुधबार डा. पाण्डेलाई मेसुको जिम्मा दिने निर्णय गरेका थिए । मन्त्रालयको कर्मचारी प्रशासनले मन्त्री स्तरीय निर्णय अनुसारको पत्र बिहीवार डा. पाण्डेलाई दिएको छ ।


भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट रहेको डा. श्रीराम तिवारी कोरोना संक्रमितको उपचारमा खटिँदा आफैं संक्रमित भएका थिए ।
नवनियुक्त मेसु डा. पाण्डे ११ औं तहका प्रमुख कन्सलटेण्ट जनरल फिजिशीयन हुन् । डा. पाण्डे पनि नेपालगन्जमा सेवारत रहँदा कोरोना संक्रमित भएका थिए । हाल डा. पाण्डे र डा. तिवारी दुवैजना कोरोना संक्रमणमुक्त भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *