Tuesday, March 31सत्यम खबर
Shadow

अपडेटः ३ महिलासहित १८ जना कोरोना संक्रमित

नेपालगन्ज, २५ भाद्र – बाँकेमा विहिबार ३ महिलासहित १८ जना कोरोना संक्रमण देखिएको छ । भेरी अस्पताल नेपालगन्जद्वारा आज विहिबार जारी गरिएको विवरण अनुसार बर्दिया १ जना, दाङ १ जना, महेन्द्रनगर १ जना रहेका छन् भने बाँकेका १५ जना गरी जम्मा १८ जनामा कोरोना संक्रमण देखिएको छ ।


हालसम्म बाँके जिल्लामा १ हजार ३ सय ६३ जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि ९ सय ५१ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ४ सय ४ जना रहेको फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।
उहाँले बाँकेमा बिरामी निको हुने प्रतिशत ६९.७७ रहेको छ भने बिरामी मृत्यु दर ०.५९ प्रतिशत रहेको बताउँदै बाँकेमा रोग प्रकोप दर ०.२३ प्रतिशत मात्र रहेको बताउनुभयो । यसअघि ४ महिलासहित ८ जनाको मृत्यु भईसकेको समेत बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *