नेपालगन्ज, ५ असोज – नेपालगन्जकी महिला उद्यमी वीना शर्माको उपचारको लागि रक्षक सेक्युरिटिजले ५ हजार रुपैयाँ सहयोग गरेको छ ।
सेक्युरिटिजका अधिकृत गणेशबहादुर राईले शर्माको निवासमा पुगेर उनको उपचार सहयोग अभियानमा खटेकी महिला उद्यमी दिला शाहमार्फत उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
‘उहाँको उपचारमा धेरै रकम आवश्यक छ ’ । अधिकृत राईले भने – ‘ हाम्रो सानो सहयोगले पनि उहाँलाई केही राहत होस् भनेर रक्षकले सहयोग गरेको हो’ ।
काठमाण्डौ वालुवाटारमा प्रधान कार्यालय रहेको रक्षक सेक्युरिटिजको नेपालगन्ज कार्यालयले प्रदेश न.ं ५,६ र ७ हेर्दछ ।
विना शर्मा कुनै समयको अति व्यस्त साथी कृष्ण कटेजकी सञ्चालक हुन् । सानो पसलबाट शुरु गरेर सफल उद्यमी बनेकी शर्मा केही समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित छन् । उनको उपचारमा सहयोग अभियान थालिएको छ ।