Friday, November 22सत्यम खबर
Shadow

अपडेटः कोरोना संक्रमित ३९ वर्षिय पुरुषको मृत्यु

नेपालगन्ज, ७ असोज – नेपालगन्जको भेरी अस्पतालमा उपचार गराईरहेको एक कोरोना संक्रमितको मृत्यु भएको छ । बर्दियाको बारबर्दिया नगरपालिका ३, बानियाभारका ३९ वर्षिय पुरुषको उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
निमोनियाबाट ग्रसीत भएका ति ब्यक्तिमा कोरोना संक्रमण देखिएको थियो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई गत भाद्र २९ गते नेपालगन्जको भेरी अस्पतालमा भर्ना गरिएको थियो ।


बिरामीको अवस्था झनै जटिल बन्दै गएपछि कोरोनाको उपचारका लागि आवश्यक सबै उपाय अवलम्वन गर्दा समेत उनलाई बचाउन नसकिएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जारी गरेको विवरणमा उल्लेख गरिएको छ ।
उनको उपचारका लागि ४ वटा भेन्टिलेटरको प्रयोग गरिएको थियो । उपचार कै क्रममा बुधबार बिहान १०ः३० बजे बिरामीको मृत्यु भएको फोकल पर्सन श्रेष्ठले जानकारी गराउनुभयो । फोकल पर्सन श्रेष्ठका अनुसार मृतक बारबर्दिया नगरपालिका ३ का वडाध्यक्ष समेत रहेका छन् ।
यसअघि समेत बुधबार बिहान बर्दिया कै ६४ वर्षिय बृद्धको कोरोनाका कारण ज्यान गएको थियो । यो सँगै कोरोना कारण विभिन्न जिल्लाबाट उपचारका लागि बाँके आएर ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।
अहिले बाँकेका प्रमुख जिल्ला अधिकारीको पहलमा बर्दियाका प्रमुख जिल्ला अधिकारी र सम्बन्धित स्थानिय तहसँग शव ब्यवस्थापनका लागि पहल भईरहेको फोकल पर्सन श्रेष्ठले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *