Tuesday, June 2सत्यम खबर
Shadow

समाज

अपडेटः देशभर थपिए १ हजार ६ सय ६९ जना कोरोना संक्रमित

अपडेटः देशभर थपिए १ हजार ६ सय ६९ जना कोरोना संक्रमित

शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाडौं, ७ मंसिर – देशभर आईतबार थप १ हजार ६ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयले आईतबार दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ६९ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा १६ जनाले ज्यान गुमाएका छन् । साथै पाँच हजार ६ सय ९९ जना निको भई घर फर्किएका मन्त्रालयले जनाएको छ ।अहिलेसम्म नेपालमा २ लाख २० हजार ३ सय ८ जनामा संक्रमण पुष्टि भइसकेको छ ।एक लाख ९९ हजार २४ जनालाई कोरोना संक्रमण निको भइसकेको छ ।त्यस्तै, अहिलेसम्म यसको संक्रमणबाट एक हजार ३ सय २१ जनाले ज्यान गुमाएका छन् ।...
हिन्दू राज्यको माग राख्ने प्रदर्शनमा सहभागि हुन अपिल

हिन्दू राज्यको माग राख्ने प्रदर्शनमा सहभागि हुन अपिल

प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, ७ मंसिर –नेपालगन्ज, बाँकेको नेपालगन्जमा विभिन्न हिन्दु धार्मिक संगठनहरूले आउने मंसिर १३ गते शनिबार भब्य ¥याली निकाल्ने भएको छ । अहिलेको सरकारको गतिविधि र युवाहरुको चाहनाले राजतन्त्र र हिन्दुराष्ट्र पुनःस्थापना माग गर्दै नेपालगन्जमा प्रदर्शन गर्ने भएका छन् ।हिन्दु राष्ट्रवादी नामक युवाहरुको समुहले मंसिर १३ गते शनिबार बागेश्वरी मन्दिर परिसरबाट मोटरसाइकल ¥याली तथा पथ यात्रा गर्ने भएको छ । उक्त पथयात्रा बागेश्वरी मन्दिर बाट न्युरोड, सेतुविक चोक, होटल कलपत्रु, बसपार्क रोड, पुष्पलाल चोक, धम्बोजि, घरबारी टोल, भित्रिने मोड, त्रिभुवन चोक, चारबाहिनी, गणेषमान चोक र विपि चोकमा पुगि कोण सभा गर्ने नेपाल शिवसेना अध्यक्ष राजकुमार रौनियारले जनाएका छन् ।हिन्दू राज्य र राजतन्त्र सहितको माग राख्दै प्रदर्शन गर्ने तयारीमा लागेको र सम्पुर्ण बाँकेका युवा तथा हिन्दु धर्मालम्बीहरु तथा राजा चाहने स...

अपडेटः थप एक जना ७७ वर्षिय कोरोना संक्रमितको मृत्यु

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ७ मंसिर – बर्दिया जिल्लाका संक्रमित उपचारका लागि कोहलपुर आएका एक ७७ वर्षिय बृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर भर्ना भएका गुलरीया नगरपालिका वडा नं. ३ बर्दियाका ७७ वर्षिय पुरुषको उपचार कै क्रममा आईतबार बिहान मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी गराउनुभयो । मंसिर ५ गते बिहान १० बजे अस्पतालमा भर्ना भएका ति पुरुषलाई ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण देखिएपछि अस्पताल मै रहेको कोरोना विशेष वार्डमा राखेर रोगको प्रकृति अनुसार सबै उपचार बिधि अपनाईएको भएपनि ज्यान जोगाउन भने नसकिएको अस्पताललाई उदृध गर्दै फोकल पर्सन श्रेष्ठले बताउनुभयो । उनको आईतबार बिहान ३ः४५ बजे निधन भएको हो ।योसँगै उपचारका लागि बाहिरी जिल्ल...
कारकाँदाेमा बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र सञ्चालन

कारकाँदाेमा बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र सञ्चालन

प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, ७ मंसिर - नेपालगन्ज उपमहानगरपालिका वडा नं. -१८ कारकाँदो भुजइगाउँमा बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र सञ्चालनमा ल्याइएको छ ।बेवारिसेको उद्धार, उपचार र पुनर्जीवन प्रदान गर्न बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र शाखा कार्यालय नेपालगन्जले २५ जना क्षमताको चार कोठे घर आश्रमका रुपमा सञ्चालनमा ल्याएको हो ।अलपत्र र बेवारिसे अवस्थामा रहेका व्यक्तिहरुको उद्धार गर्दै आइरहेको केन्द्रले औपचारिक रुपमा शनिबार आश्रम शुभारम्भ गरेको छ ।एक कार्यक्रमका बीच बागेश्वरी अशल शासन क्लव (बास)का अध्यक्ष रमेश सीटौलाले पानसमा बत्ती बाल्दै रिबन काटेर आश्रम शुभारम्भ गर्नु भएको छ ।अध्यक्ष सीटौलाले बेवारिसेहरुको व्यवस्थापन र नयाँ जीवनको पहल चुनौतीपूर्ण रहेपनि सामुहीक सहकार्यले सहज बनाउने विवास व्यक्त गर्नुभयो ।कार्यक्रममा बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रका केन्द्रीय प्रतिनीधी राजु गुरुङ, नेप...
अपडेटः १६ महिलासहित ३१ जना कोरोना मुक्त भई घर फर्किंदै

अपडेटः १६ महिलासहित ३१ जना कोरोना मुक्त भई घर फर्किंदै

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ७ मंसिर – आईतबार बाँकेका थप ३१ जना संक्रमित कोरोना मुक्त भइ डिस्चार्ज भई घर फर्किने भएका छन् ।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार कोहलपुर नगरपालिका वडा नम्बर १० का ४ बर्षिय एक बालकसहित बाँकेका १६ महिला र १५ पुरुष गरी ३१ जना संक्रमित कोरोना मुक्त भई घर फर्किंदै छन् । उनीहरुलाई कार्तिक २७ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेसनमा राखिएको थियो । फाइल फोटो यो सँगै बाँकेमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३ हजार ५ सय ४ पुगेको छ ।हाल विभिन्न आइसोलेसन केन्द्रमा १ सय ५४ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् भने बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या ३ हजार ६ सय ९६ रहेको छ । बाँके जिल्ला भित्रका ३८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भईसकेको छ ।...
अपडेटः बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्यु

अपडेटः बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्यु

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ७ मंसिर – बाँकेमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । दाङका दुई जना कोरोना संक्रमित पुरुषहरुको उपचारका क्रममा शनिबार राती र आईतबार बिहान कोहलपुरमा मृत्यु भएको छ । घोराही उपनहानगरपालिका वडा नम्बर ९, बनगाउँ दाङका ६७ बर्षिय कोरोना संक्रमित एक पुरुषको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा शनिबार राती ११ः५० बजे मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी गराउनुभयो ।फोकल पर्सन श्रेष्ठका अनुसार, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर मै दाङका अर्का एक संक्रमितको आईतबार बिहान मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९, बेलुवाका ६८ बर्षिय पुरुषको उपचारका क्रममा आईतबार बिहान १ः४० बजे मृत्यु भएको छ । अस्पतालको कोभिड–१९ आइसोलेसन वार्डमा भर्ना भएका उनीहरुलाई उपचारका क्रममा अक्सिजन, रे...
अपडेटः शनिबार १७ महिलासहित ५० संक्रमित थपिए

अपडेटः शनिबार १७ महिलासहित ५० संक्रमित थपिए

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ६ मंसिर – शनिबार बा“केमा ठुलो संख्यामा कोरोना भाईरसका संक्रमितहरु फेला परेका छन् । जिल्लामा रहेका दुई छुट्टै प्रयोगशालामा गरिएको परिक्षणमा १७ महिला र ३३ पुरुष गरी जम्मा ५० जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बा“केका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी गराउनुभयो । फोकल पर्सन श्रेष्ठका अनुसार शनिबार बा“के जिल्ला कै प्रयोगशालामा गरिएको परिक्षणमा अन्य जिल्लाका ४२ जनामा समेत संक्रमण देखिएको बताए ।फोकल पर्सन श्रेष्ठका अनुसार भेरी अस्पताल नेपालगन्जको ल्याबमा गरिएको परिक्षणमा जिल्ला भित्रका ३६ र जिल्ला बाहिरका २४ तथा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ल्याबमा गरिएको परिक्षणमा जिल्ला भित्रका १४ र जिल्ला बाहिरका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । योस“गै बा“केमा हालसम्म ३ हजार ६ सय ९६ जनामा संक्रमण पुष्टि भएको छ भने ३ हजार ४...
अपडेटः शनिबार थपिए १ हजार ६ सय ७४ कोरोना संक्रमित

अपडेटः शनिबार थपिए १ हजार ६ सय ७४ कोरोना संक्रमित

शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ६ मंसिर – नेपालमा थप एक हजार ६ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।शनिबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ६ सय ७४ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ जनाले ज्यान गुमाएका छन् । साथै २ हजार ३ सय २३ जना निको भई घर फर्किएका मन्त्रालयले जनाएको छ ।अहिलेसम्म नेपालमा २ लाख १८ हजार ६ सय ३९ जनामा संक्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये २४ हजार ९ सक्रिय संक्रमित छन् ।एक लाख ९३ हजार ३ सय २५ जनालाई कोरोना संक्रमण निको भइसकेको छ ।त्यस्तै अहिलेसम्म यसको संक्रमणबाट एक हजार ३ सय ५ जनाले ज्यान गुमाएका छन् ।...
अपडेटः कोरोना संक्रमणले कोहलपुरकी थप एक ६८ वर्षिय महिलाको मृत्यु

अपडेटः कोरोना संक्रमणले कोहलपुरकी थप एक ६८ वर्षिय महिलाको मृत्यु

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ६ मंसिर – कोभिड–१९ कोरोना संक्रमणबाट कोहलपुरकी ६८ वर्षिय थप एक महिलाको शनिबार बा“केमा ज्यान गएको छ ।कोहलपुर नगरपालिका ११ की ६८ वर्षिय महिलाको कोरोना संक्रमणका कारण ज्यान गएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बा“केका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो ।श्वासप्रश्वासमा समस्या देखिएपछि ति महिलालाई कार्तिक २८ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज भर्ना गरिएको थियो । अस्पतालमा भर्ना भएलगत्तै उनको स्वास्थ्य परिक्षण गरिएको र उक्त परिक्षणमा ति महिलामा कोरोना भाईरस संक्रमण पुुष्टि भएको फोकल पर्सन श्रेष्ठले बताउनुभयो । कोरोना संक्रमण पुष्टि भएपछि कोरोना विशेष वार्डमा सारेर रोगको प्रकृती अनुसार सम्पूर्ण उपचार बिधि अपनाउ“दा समेत ति महिलालाई बचाउन नसकिएको अस्पताल स्रोतलाई उदृध गर्दै फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।कोरोना संक्रमित बृद्धाको उपचार कै क्रममा आज शन...
अपडेटः १४ महिलासहित ४३ जना कोरोना संक्रमित घर फर्किंदै

अपडेटः १४ महिलासहित ४३ जना कोरोना संक्रमित घर फर्किंदै

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ५ मंसिर – शनिबार बाँकेका १४ महिलासहित ४३ जना संक्रमित कोरोना मुक्त भई घर फर्किने भएका छन् ।जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार बाँकेका १४ महिला र २९ पुरुष गरी जम्मा ४३ जना संक्रमित कोरोना मुक्त भई डिस्चार्ज हुँदैछन् । उनीहरुलाई कार्तिक २६ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेसनमा राखिएको थियो । यो सँगै बाँकेमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३ हजार ४ सय ७३ पुगेको छ ।विभिन्न आइसोलेसन केन्द्रमा १ सय ८३ जना सक्रिय संक्रमित उपचाररत छन् । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या ३ हजार ६ सय ४६ रहेको छ भने ३७ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।...