
काठमाण्डौ, ६ मंसिर – नेपालमा थप एक हजार ६ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
शनिबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ६ सय ७४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा ७ जनाले ज्यान गुमाएका छन् । साथै २ हजार ३ सय २३ जना निको भई घर फर्किएका मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म नेपालमा २ लाख १८ हजार ६ सय ३९ जनामा संक्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये २४ हजार ९ सक्रिय संक्रमित छन् ।
एक लाख ९३ हजार ३ सय २५ जनालाई कोरोना संक्रमण निको भइसकेको छ ।
त्यस्तै अहिलेसम्म यसको संक्रमणबाट एक हजार ३ सय ५ जनाले ज्यान गुमाएका छन् ।
