
काठमाडौं, ७ मंसिर – देशभर आईतबार थप १ हजार ६ सय ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले आईतबार दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ६९ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा १६ जनाले ज्यान गुमाएका छन् । साथै पाँच हजार ६ सय ९९ जना निको भई घर फर्किएका मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म नेपालमा २ लाख २० हजार ३ सय ८ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
एक लाख ९९ हजार २४ जनालाई कोरोना संक्रमण निको भइसकेको छ ।
त्यस्तै, अहिलेसम्म यसको संक्रमणबाट एक हजार ३ सय २१ जनाले ज्यान गुमाएका छन् ।
