Friday, May 15सत्यम खबर
Shadow

अपडेटः कोरोना संक्रमणले कोहलपुरकी थप एक ६८ वर्षिय महिलाको मृत्यु

नेपालगन्ज, ६ मंसिर – कोभिड–१९ कोरोना संक्रमणबाट कोहलपुरकी ६८ वर्षिय थप एक महिलाको शनिबार बा“केमा ज्यान गएको छ ।
कोहलपुर नगरपालिका ११ की ६८ वर्षिय महिलाको कोरोना संक्रमणका कारण ज्यान गएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बा“केका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो ।
श्वासप्रश्वासमा समस्या देखिएपछि ति महिलालाई कार्तिक २८ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज भर्ना गरिएको थियो । अस्पतालमा भर्ना भएलगत्तै उनको स्वास्थ्य परिक्षण गरिएको र उक्त परिक्षणमा ति महिलामा कोरोना भाईरस संक्रमण पुुष्टि भएको फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।


कोरोना संक्रमण पुष्टि भएपछि कोरोना विशेष वार्डमा सारेर रोगको प्रकृती अनुसार सम्पूर्ण उपचार बिधि अपनाउ“दा समेत ति महिलालाई बचाउन नसकिएको अस्पताल स्रोतलाई उदृध गर्दै फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।
कोरोना संक्रमित बृद्धाको उपचार कै क्रममा आज शनिबार दिउ“सो २ बजे मृत्यु भएको बा“केका कोरोना फोकल पर्सन श्रेष्ठले बताउनुभयो ।
योस“गै बा“केमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ । शवको उचित ब्यवस्थापनका लागि बा“केका प्रमुख जिल्ला प्रमुख मार्फत समन्वय भईरहेको श्रेष्ठले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *