
नेपालगन्ज, ५ मंसिर – शनिबार बाँकेका १४ महिलासहित ४३ जना संक्रमित कोरोना मुक्त भई घर फर्किने भएका छन् ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार बाँकेका १४ महिला र २९ पुरुष गरी जम्मा ४३ जना संक्रमित कोरोना मुक्त भई डिस्चार्ज हुँदैछन् । उनीहरुलाई कार्तिक २६ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेसनमा राखिएको थियो ।

यो सँगै बाँकेमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३ हजार ४ सय ७३ पुगेको छ ।
विभिन्न आइसोलेसन केन्द्रमा १ सय ८३ जना सक्रिय संक्रमित उपचाररत छन् । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या ३ हजार ६ सय ४६ रहेको छ भने ३७ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।

