
नेपालगन्ज, ६ मंसिर – शनिबार बा“केमा ठुलो संख्यामा कोरोना भाईरसका संक्रमितहरु फेला परेका छन् । जिल्लामा रहेका दुई छुट्टै प्रयोगशालामा गरिएको परिक्षणमा १७ महिला र ३३ पुरुष गरी जम्मा ५० जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बा“केका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी गराउनुभयो ।

फोकल पर्सन श्रेष्ठका अनुसार शनिबार बा“के जिल्ला कै प्रयोगशालामा गरिएको परिक्षणमा अन्य जिल्लाका ४२ जनामा समेत संक्रमण देखिएको बताए ।
फोकल पर्सन श्रेष्ठका अनुसार भेरी अस्पताल नेपालगन्जको ल्याबमा गरिएको परिक्षणमा जिल्ला भित्रका ३६ र जिल्ला बाहिरका २४ तथा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ल्याबमा गरिएको परिक्षणमा जिल्ला भित्रका १४ र जिल्ला बाहिरका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

योस“गै बा“केमा हालसम्म ३ हजार ६ सय ९६ जनामा संक्रमण पुष्टि भएको छ भने ३ हजार ४ सय ७३ जना संक्रमण मुक्त भई घर फर्कि सकेका छन् ।
यसैगरी, जिल्ला भित्रका १५ महिला र २३ पुरुष गरी जम्मा ३८ जनाको मृत्यु भइसकेको छ भने जिल्ला बाहिरका ९ महिला र ३५ पुरुष गरी जम्मा ४४ जनाको मृत्युसहित जम्मा ८२ जनाले कोरोना संक्रिमत भई मृत्यु भएको तथा हाल १ सय ८५ जना विभिन्न आईसोलुसनमा रही उपचाररत रहेको जानकारी गराउनुभयो ।

