लुम्बिनी स्पोर्टस अवार्डलाई रोयल समृद्धि बिजनेस गु्रपको सह–प्रायोजन
नेपालगन्ज, १५ कार्तिक – प्रथम लुम्बिनी स्पोर्टस अवार्डलाई रोयल समृद्धि बिजनेस गु्रप प्रालीले सह–प्रायोजन गरेको छ । नेपालगन्ज–०१ धम्बोझीमा रहेको रोयल समृद्धि बिजनेस गु्रप प्राली खेलकुदका सामाग्री बिक्री गर्ने कम्पनी हो ।
आयोजक रंगशाला नेपाल मिडिया प्रालीका प्रमुख कार्यकारी कमल खत्री र रोयल समृद्धि बिजनेस गु्रप प्रालीका प्रमुख कार्यकारी टिकाराम खत्रीले अवार्डमा सह–प्रायोजन बारे हस्ताक्षर गर्नु भएको छ ।
लुम्बिनी स्पोर्टस अवार्ड–२०८२ नेपालगन्जमा आगामी मंसिर १८ गते हुँदैछ । सम्झौतापत्रमा हस्ताक्षर गर्दै रोयल समृद्धि बिजनेस गु्रप प्रालीका प्रमुख कार्यकारी खत्रीले खेलकुद क्षेत्रमा मिहिनत गरिरहेका खेलाडीलाई हौसला बढाउने कार्यक्रम लुम्बिनी स्पोर्टस अवार्डमा सह(प्रायोजन गर्न पाउँदा खुसी लागेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘यो कार्यक्रम निकै राम्रो छ । खेलकुदमा यस्ता कार्यक्रम कमै हुने गरेका ...









