Sunday, May 31सत्यम खबर
Shadow

समाज

२६६ ग्राम खैराे हेराेईनसहित फिराेज खान पक्राउ

२६६ ग्राम खैराे हेराेईनसहित फिराेज खान पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २३ पाैष - लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्जकाे टिमद्वारा आज लागु औषध खैरो हेरोईन २६६ ग्राम ५६० मिलिग्राम सहित १ जना मानिस पक्राउ गरिएकाे छ । लागू ओैषधसहित पक्राउ गरिएकाे वर्ष ३३ का भारतकाे उत्तरप्रदेश जिल्ला बहराईच, जमील, लाैकाहीका फिरोज खान रहेकाे प्रहरी स्राेतद्वारा जनाईएकाे छ । प्रहरी स्राेतले दिएकाे जानकारी अनुसार आज बुधबार राती १७:४५ बजेको समयमा बर्दिया जिल्ला गुलरिया नगरपालिका वडा नं. ११ लालपुरबाट पक्राउ गर्न खोज्दा भाग्ने प्रयास गर्दा २ राउण्ड गोली हानेको बताईएकाे छ । जस मध्ये १ राउण्ड निजको दाहिने खुट्टामा लागेको तथा गोली लागे पश्चात् निजलाई नियन्त्रणमा लिई कानुन बमोजिम खानतलासी गर्दा निजले लगाएको पाईन्टको दाहिने खल्ती भित्र लागू औषध खैरो हेरोईन फेला पारिएकाे बताईएकाे छ । फेला परेकाे खैराे हेराेईनलाई डिजिटल तराजुमा तौल गर्दा प्लाष्...
‘दाता’ को भ्रम र ‘उल्टो सहयोग’ को यथार्थ: नेपाल कसको ऋणी ?

‘दाता’ को भ्रम र ‘उल्टो सहयोग’ को यथार्थ: नेपाल कसको ऋणी ?

आर्थिक, आस्था, प्रदेश ५, बिचार, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाज
सुनिल बाबु पन्त मितिः २०८२ पौष २३ गते, बुधबार नेपालको विकास बहस सधैँ एउटा बिन्दुमा ठोक्किन्छ— 'वैदेशिक सहायता'। हामीलाई दशकौँदेखि एउटै भाष्य सिकाइएको छ: पश्चिमा शक्तिहरू र ठूला अर्थतन्त्र भएका देशहरू हाम्रा 'दाता' हुन्, उनीहरूले दिएको अनुदान र ऋणले हाम्रो देश चलिरहेको छ। तर, के यो सम्बन्ध साँच्चै एकतर्फी परोपकार हो? तथ्याङ्कको गहिराइमा पस्ने हो भने दृश्य अर्कै देखिन्छ। नेपालले जति सहायता प्राप्त गर्छ, त्यसको तुलनामा भिसा शुल्क, महँगो शिक्षा र 'बौद्धिक पलायन' (Brain Drain) मार्फत नेपालले ती देशहरूलाई गर्ने 'उल्टो सहयोग' कयौँ गुणा बढी छ। १. सहायताको आवरणमा ऋणको व्यापार, नेपालले वार्षिक करिब १ अर्ब अमेरिकी डलरको विकास सहायता (ODA) प्राप्त गर्छ। तर, यसको आधाभन्दा बढी हिस्सा ऋण हो। यो त्यस्तो ऋण हो, जसले नेपालको सार्वजनिक ऋणको भार मात्र बढाउँदैन, बरु हाम्रा राष्ट्रिय नीतिहरूमा दाताका सर्त...
बढैयातालमा माघ मिलन कार्यक्रम हुने

बढैयातालमा माघ मिलन कार्यक्रम हुने

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
बर्दिया, २२ पौष – बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. ५ बढैया गाउँमा माघ मिलन कार्यक्रम हुन भएको छ । बढैयाताल गाउँपालिका वडा नं. ५ को आर्थिक सहयोग र बाबा खरक छनिया युवा संजालको आयोजनामा माघको १ र २ गते वडा परिसरमा कार्यक्रम हुने भएको हो । बाबा खरक छनिया युवा संजालले थारु समुदायको नयाँ बर्षको रुपमा हरेक बर्ष माघको १ र २ गते कार्यक्रम हुने भएको संजालका अध्यक्ष राकेश चौधरीले बताए । उनले भने, हामीले हाम्रो पुस्तौदेखि चल्दै आएको चलनलाई उजागर गर्नका लागि माघ मिलन तथा नयाँ बर्ष मनाउँदै आएका छौँ । शुरुको बर्षमा हामीले आफ्नो लगानीमा गर्नु पर्ने भएकोले धेरै आर्थिक समस्या र झन्झट झेल्नु परेको थियो, तर त्यस पछि वडाले हरेक बर्ष एक लाख आर्थिक सहयोग गर्न थालेपछि नयाँ बर्ष मनाउन तथा माघ मिलन कार्यक्रम गर्न सजिलो भएको अध्यक्ष चौधरीले बताए । हामीले पहिला गाउँमा नाच गरेर समन्य नाच गान गरेर मनाउँद...
नियमित बैठक नेपालगन्जमा सम्पन्न

नियमित बैठक नेपालगन्जमा सम्पन्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १८ पौष – अनलाइन टिभि पत्रकार संघ नेपाल, लुम्बिनी प्रदेशको नियमित बैठक आज शुक्रबार नेपालगन्जमा सम्पन्न भएको छ । बैठकले संस्थासँग सम्बन्धित विविध महत्वपूर्ण विषयमा छलफल गर्दै पत्रकारहरूको हकहित र संस्थाको गतिविधि थप सक्रिय बनाउने निर्णय गरेको छ । बैठकका निर्णय अनुसार अनलाइन टिभिमा आवद्ध पत्रकारहरूको क्षमता अभिवृद्धि, हक–हित, सुरक्षा तथा पत्रकार आचारसंहिता कार्यान्वयन सम्बन्धी विशेष कार्यक्रम सञ्चालन गर्ने तय गरिएको छ । साथै, संघले अनलाइन टिभिमा कार्यरत सम्पूर्ण पत्रकारहरूलाई गोलबद्ध हुन आह्वान गर्दै सम्बन्धित टिभि च्यानलहरूलाई आधिकारिक रूपमा दर्ता गर्न र व्यवहारिक पक्षलाई थप चुस्त र पारदर्शी बनाउन अनुरोध गरेको छ । समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै सचेत र सुसूचित समाज निर्माणमा योगदान पु¥याउन अनलाइन टिभि पत्रकार संघले सबै अनलाइन टिभि पत्रकारहरूलाई जिम्मेवार पत्र...
हिन्दू समाजलाई आत्मजागरणको आह्वान : डुडुवामा संजय हिन्दूको स्पष्ट प्रहार

हिन्दू समाजलाई आत्मजागरणको आह्वान : डुडुवामा संजय हिन्दूको स्पष्ट प्रहार

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, १७ पौष – अयोध्यामा मर्यादा पुरुषोत्तम भगवान श्रीराम मन्दिरको उद्घाटनको पावन अवसरमा डुडुवा गाउँपालिका वडा नं. १, नया“बस्तीमा आयोजित प्रसाद वितरण कार्यक्रममा हिन्दू समाजलाई सम्बोधन गर्दै संजय हिन्दूले समाजका वैचारिक विषयहरूमा खुला रूपमा आफ्ना विचार राखेका छन् । कार्यक्रमका मुख्य वक्ता तथा हिंदू वक्ता रहेका संजय हिन्दूले आज हिन्दू समाज पछाडि पर्नुको मुख्य कारण समाजले आफ्ना बालबालिकाका लागि सही नायक हिरो छनोट गर्न नसक्नु भएको बताए । उनले चलचित्र र फिल्मी दुनियाँमा देखाइने व्यक्तिहरूलाई नै नायक मान्ने सोचले बालबालिकालाई गलत दिशातर्फ लैजाने स्पष्ट पारे । संजय हिन्दूले स्पष्ट शब्दमा भने कि हिन्दू समाजका साँचो आदर्श कुनै फिल्मी अनुहार होइनन्, बरु मर्यादा पुरुषोत्तम भगवान श्रीराम र योगेश्वर भगवान श्रीकृष्ण हुन् । उनले अभिभावकहरूलाई बालबालिकालाई सानैदेखि सनातन मूल्य, संस्कार र ...
बिद्या ज्योति नमूना माबिको स्वर्ण जयन्तीको अवसरमा रक्तदान

बिद्या ज्योति नमूना माबिको स्वर्ण जयन्तीको अवसरमा रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १६ पौष – बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वार्ड नं.८ कण्ठपुर स्थित श्री बिद्या ज्योति नमूना माध्यमिक बिद्यालयको ५० औं वर्ष पूरा गरी स्वर्ण जयन्तीेको उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रममा २ जना महिला ३६ जना पुरुष गरी ३८ जनाले पौष १५ गते रत्तदान गरेका छन् । श्री बिद्या ज्योति नमूना माध्यमिक बिद्यालय र बिद्या ज्योति पूर्व बिद्यार्थी समाजको संयुक्त आयोजनामा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । बि.सं २०३२ सालमा स्थापित श्री बिद्या ज्योति नमूना माध्यमिक बिद्यालयको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक भक्तिसागर रेग्मीले प्रादेशिक रक्त सञ्चार सेवा नेपालगन्जका प्राविधिक महेश रानालाईर बिद्या ज्योति पूर्व बिद्यार्थी समाजका अध्यक्ष पून्यप्रसाद ढकाल (प्रसिद्ध)ले प्राविधिक सन्दिप आचार्यलाई संयुक्त रुपमा रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी रक्तदान क...
सनातन ज्ञान केन्द्रका विद्यार्थीद्वारा मन्दिर सरसफाई

सनातन ज्ञान केन्द्रका विद्यार्थीद्वारा मन्दिर सरसफाई

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, १४ पौष – भोलि बुधबार आयोजना हुन लागेको श्रीराम मन्दिर उद्घाटन समारोहको पावन अवसरलाई लक्षित गर्दै गाउँमा धार्मिक उत्साह चरम सीमामा पुगेको छ । यसै सन्दर्भमा आज मंगलबार डुडुवा गाउ“पालिका वडा नः १ नया“बस्ती गाउँस्थित मन्दिर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रम संजय हिन्दूको नेतृत्वमा सम्पन्न गरिएको जनाईएको छ । सरसफाई अभियानमा संजय हिन्दूद्वारा सञ्चालित “सनातन ज्ञान केन्द्र ट्युसन” का विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए । मन्दिर परिसर, प्राङ्गण तथा वरपरका क्षेत्रहरू व्यवस्थित रूपमा सरसफाई गरी मन्दिरलाई उद्घाटन समारोहका लागि स्वच्छ र सुन्दर बनाइएको छ । विद्यार्थीहरूले अनुशासन र श्रद्धाका साथ सेवा कार्य सम्पन्न गरेका छन् । कार्यक्रमका नेतृत्वकर्ता संजय हिन्दूले भने, “श्रीराम मन्दिर आस्था मात्र होइन, संस्कार र सेवा भावको प्रतीक हो । यस्ता कार...
अन्तरालमा संगीतसहित बीपीका कविता प्रस्तुत हुने

अन्तरालमा संगीतसहित बीपीका कविता प्रस्तुत हुने

आस्था, कला/साहित्य, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १४ पौष – नेपालगन्जमा पाश्र्वसंगीत सहित कविता प्रस्तुतिको कार्यक्रम आयोजना हुने भएको छ । अन्तरालले कवि बीपी अस्तुका एक दर्जनबढी कविताहरू पाश्र्व संगितसहित प्रस्तुत गर्ने कार्यक्रम आयोजना गर्न लागेको हो । उक्त कार्यक्रम पुस १९ गते शनिबार आयोजना हुनेछ । प्रभावकारी र एकाग्रतापूर्ण वातावरणमा कविता प्रस्तुतिले कार्यक्रमलाई स्मरणीय बनाउने गरी तयारी भैरहेको अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिए । नेपालगन्ज सुर्खेत रोडस्थित वेष्टर्न मलमा रहेको अन्तराल हलमा हुने उक्त कार्यक्रममा सशुल्क सहभागिताको व्यवस्था गर्न लागिएको पनि शाहले जानकारी दिए । अन्तराल डेढ दशक बढी समयदेखि सन्चार, कला, साहित्य, गीतसंगीत, खेलकुद, ईभेन्ट म्यानेजमेन्ट र पर्यावरणका क्षेत्रमा काम गर्दै आएको संस्था हो । कवि अस्तु साहित्य र पत्रकारिताका सशक्त कलम चलाउँछन् । ‘मैले कविता लेख्न सिकेको शहरमै...
हिन्दू संगठनहरूले सेन्ट्रल बैंक स्क्वायरमा बंगलादेश प्रमुख युनुसको जलाए पुत्ला

हिन्दू संगठनहरूले सेन्ट्रल बैंक स्क्वायरमा बंगलादेश प्रमुख युनुसको जलाए पुत्ला

अपराध, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
रुपैडिहा, १४ पौष – सोमबार रुपैडिहामा हिन्दू संगठनका कार्यकर्ताहरूले स्थानीय हनुमान मन्दिरबाट विशाल जुलुस निकालेका छन् । उनीहरूले विरोध गर्दै सेन्ट्रल बैंक स्क्वायरमा बंगलादेश सरकार प्रमुख मुहम्मद युनुसको पुत्ला जलाएका थिए । अधिवक्ता विवेक शुक्लाको नेतृत्वमा हिन्दूहरूको विशाल विरोध मार्च स्थानीय हनुमान सरोवरबाट सुरु गरिएको थियो । स्थानीय प्रहरी चौकीको अगाडि हुँदै सेन्ट्रल बैंक स्क्वायर, स्टेशन रोड बिरोध जुलुश पुगेको थियो । जुलुस बजागाजा साथ बजार हुँदै रामलीला स्क्वायर, मालगोदाम स्क्वायर हुँदै फेरि एनएच ९२७ हुँदै सेन्ट्रल बैंक स्क्वायरमा पुगी कोण सभामा परिणत भएको थियो । भेलालाई सम्बोधन गर्दै डा. सनतकुमार शर्माले बंगलादेशको युनुस सरकार बंगलादेशमा अल्पसंख्यक हिन्दूहरूमाथि भइरहेको अत्याचारलाई चुपचाप हेरिरहेको बताए । हाम्रो भारत सरकार अब उठ्नुपर्छ, पाकिस्तानमा हिन्दूहरू पूर्ण अल्पस...
गौरब शाहको जन्मोत्सवको अवसरमा १०१ जनाले गरे रक्तदान (फोटोफिचरसहित)

गौरब शाहको जन्मोत्सवको अवसरमा १०१ जनाले गरे रक्तदान (फोटोफिचरसहित)

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १४ पौष – “सेवा नै धर्म हो” भन्ने मूल नाराका साथ गौरव स्मृति तथा वीयोर सेल्फ फाउण्डेशनको आयोजनामा आईतबार भएको रक्तदान कार्यक्रममा १२ महिला र ८९ पुरुष सहित १ सय १ जनाले रक्तदान गरेका छन् । फाउन्डेशनका उपाध्यक्ष करण शाहद्वारा सञ्चालित कार्यक्रममा फाउन्डेशनका अध्यक्ष मधु शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि प्रशान्त बिष्टले प्रादेशिक रक्त सञ्चार सेवा नेपालगन्जका वरिष्ठ प्राविधिक अधिकृत तथा प्रमुख उपेन्द्र रेग्मीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी रक्तदान कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो । नेपालगन्ज उपमहानगरपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि प्रशान्त बिष्ट, विशिष्ट अतिथि तथा फाउन्डेशनका जग्गादाता, समाजसेवी माधवराम वर्मा, बासका अध्यक्ष तथा नेपाल रेडक्रस सोसाइटी पुरैनी उपशाखाका सभापति शिवकुमार ...